नेपाल हेल्थ न्युज, काठमाडौं । भारतीय औषधी कम्पनी युएसभी फार्माले भोटेकोशी–त्रिशुलीको बाढी पीडितका लागि १ करोड ५० लाख सहयोग गरेको छ । युएसभीले नेपाल चिकित्सक संघको राहत अभियानमार्फत उक्त सहयोग उपलब्ध गराएको हो ।
यस सहयोग रकमबाट बाढीबाट अतिप्रभावित विपन्न परिवारका व्यक्तिलाई अत्यावश्यक सामाग्रीहरू उपलब्ध गराइने नेपाल चिकित्सक संघले जनाएको छ ।
बिहीबार काठमाडौंमा एक कार्यक्रममा आयोजना गरी चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल र युएसभी फर्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज सिसोडियाबीच सहयोगसम्बन्धी सम्झौतापत्र आदानप्रदान गरियो ।
प्रभावित परिवारलाई ओछ्यान, ओढ्ने सामग्री, सौर्य बत्ती तथा मोबाइल चार्ज गर्ने सुविधा, खानेपानी तथा सरसफाइका सामग्रीको उपलब्ध गराइने चिकित्सक संघका अध्यक्ष डा.रिजालले बताउनुभयो । त्यसैगरी अत्यावश्यक घरायसी सामग्री, औषधि तथा स्वास्थ्यसम्बन्धी सामग्रीसमेत वितरण गरिने उहाँले बताउनुभयो ।
युएसभी फार्माको सहयोगबाट बाढी प्रभावित क्षेत्रमा रहेका करिब ३०० घरधुरीका १५०० व्यक्ति प्रत्यक्ष रूपमा लाभान्वित हुने डा.रिजालको भनाइ छ।
चिकित्सक संघका सदस्यहरू प्रभावित क्षेत्रमा पुगेर स्थानीय आवश्यकताको पहिचान गरिरहेको छ । अनुगमनमा गएको टोलीले दिएको सुझावका आधारमा राहतका कार्यक्रम सञ्चालन गरिने डा. रिजालले बताउनुभयो । घरबारविहीन भएका परिवारका लागि करिब ३०० वटा अस्थायी आवास निर्माण गर्ने योजना समेत रहेको उहाँले सुनाउनुभयो ।
युएसभी फर्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज एस. सिसोडियाले विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्नु संस्थाको सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मनाइयो विश्व स्ट्रोक दिवस
बिहीबार, कात्तिक १२, २०८३
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग मन्त्री मेहताको कार्यसम्पादन सम्झौता
बिहीबार, कात्तिक १२, २०८३
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा कर्मचारी माग, कात्तिक २१ गतेसम्म आवेदन दिन सकिने
बिहीबार, कात्तिक १२, २०८३
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
बिहीबार, कात्तिक १२, २०८३
