नेपाल हेल्थ न्युज, काठमाडौं । भारतीय औषधी कम्पनी युएसभी फार्माले भोटेकोशी–त्रिशुलीको बाढी पीडितका लागि १ करोड ५० लाख सहयोग गरेको छ । युएसभीले नेपाल चिकित्सक संघको राहत अभियानमार्फत उक्त सहयोग उपलब्ध गराएको हो ।
यस सहयोग रकमबाट बाढीबाट अतिप्रभावित विपन्न परिवारका व्यक्तिलाई अत्यावश्यक सामाग्रीहरू उपलब्ध गराइने नेपाल चिकित्सक संघले जनाएको छ ।
बिहीबार काठमाडौंमा एक कार्यक्रममा आयोजना गरी चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल र युएसभी फर्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज सिसोडियाबीच सहयोगसम्बन्धी सम्झौतापत्र आदानप्रदान गरियो ।
प्रभावित परिवारलाई ओछ्यान, ओढ्ने सामग्री, सौर्य बत्ती तथा मोबाइल चार्ज गर्ने सुविधा, खानेपानी तथा सरसफाइका सामग्रीको उपलब्ध गराइने चिकित्सक संघका अध्यक्ष डा.रिजालले बताउनुभयो । त्यसैगरी अत्यावश्यक घरायसी सामग्री, औषधि तथा स्वास्थ्यसम्बन्धी सामग्रीसमेत वितरण गरिने उहाँले बताउनुभयो ।
युएसभी फार्माको सहयोगबाट बाढी प्रभावित क्षेत्रमा रहेका करिब ३०० घरधुरीका १५०० व्यक्ति प्रत्यक्ष रूपमा लाभान्वित हुने डा.रिजालको भनाइ छ।
चिकित्सक संघका सदस्यहरू प्रभावित क्षेत्रमा पुगेर स्थानीय आवश्यकताको पहिचान गरिरहेको छ । अनुगमनमा गएको टोलीले दिएको सुझावका आधारमा राहतका कार्यक्रम सञ्चालन गरिने डा. रिजालले बताउनुभयो । घरबारविहीन भएका परिवारका लागि करिब ३०० वटा अस्थायी आवास निर्माण गर्ने योजना समेत रहेको उहाँले सुनाउनुभयो ।
युएसभी फर्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज एस. सिसोडियाले विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्नु संस्थाको सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो ।
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३
गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी
शुक्रबार, भदौ २६, २०८३
३८३ अस्पताललाई स्वास्थ्य बीमा बोर्डले गर्यो १ अर्ब ९६ करोड बढी रकम भुक्तानी
शुक्रबार, भदौ २६, २०८३
नेपाल औषधी लिमिटेडको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपाने नियुक्त
शुक्रबार, भदौ २६, २०८३
