नेपाल हेल्थ न्युज, काठमाडौं । महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) का अधिकांश सेवा एक दिन बन्द हुने भएको छ।
अस्पताल प्रशासनले जारी गरेको सूचनाअनुसार २०८३ साल जेठ २९ गते सोमबार तीज पर्वका दिन इमर्जेन्सी तथा अन्तरंग (भर्ना) सेवाबाहेक अस्पतालबाट प्रवाह हुने बिहानी तथा दिवा सत्रका सम्पूर्ण सेवाहरू दिनभर बन्द रहनेछन्।
अस्पताल प्रशासनले सम्बन्धित सबैको जानकारीका लागि सूचना जारी गर्दै तीजका दिन नियमित स्वास्थ्य सेवा प्रभावित हुने जनाएको हो।
अस्पतालका प्रमुख भोजराज भट्टद्वारा जारी सूचनामा आकस्मिक तथा अन्तरंग सेवा भने नियमित रूपमा सञ्चालन हुने उल्लेख गरिएको छ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३

