नेपाल हेल्थ न्युज, काठमाडौं । महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) का अधिकांश सेवा एक दिन बन्द हुने भएको छ।
अस्पताल प्रशासनले जारी गरेको सूचनाअनुसार २०८३ साल जेठ २९ गते सोमबार तीज पर्वका दिन इमर्जेन्सी तथा अन्तरंग (भर्ना) सेवाबाहेक अस्पतालबाट प्रवाह हुने बिहानी तथा दिवा सत्रका सम्पूर्ण सेवाहरू दिनभर बन्द रहनेछन्।
अस्पताल प्रशासनले सम्बन्धित सबैको जानकारीका लागि सूचना जारी गर्दै तीजका दिन नियमित स्वास्थ्य सेवा प्रभावित हुने जनाएको हो।
अस्पतालका प्रमुख भोजराज भट्टद्वारा जारी सूचनामा आकस्मिक तथा अन्तरंग सेवा भने नियमित रूपमा सञ्चालन हुने उल्लेख गरिएको छ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मनाइयो विश्व स्ट्रोक दिवस
बिहीबार, कात्तिक १२, २०८३
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग मन्त्री मेहताको कार्यसम्पादन सम्झौता
बिहीबार, कात्तिक १२, २०८३
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा कर्मचारी माग, कात्तिक २१ गतेसम्म आवेदन दिन सकिने
बिहीबार, कात्तिक १२, २०८३
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
बिहीबार, कात्तिक १२, २०८३
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
