नेपाल हेल्थ न्युज, काठमाण्डौ । आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सेप्सिस भनेको शरीरको कुनै अङ्गमा भएको सङ्क्रमणले उत्पन्न हुने अवस्था हो, जसले सङ्क्रमण फैलिँदै शरीरका अरु महत्त्वपूर्ण अङ्गहरूलाई पनि असर गर्छ ।
यसलाई शरीरमा रोग विरुद्ध लड्ने तत्वहरु वा रोग प्रतिरोधात्मक क्षमताले रोगसँग लड्दा उत्पन्न हुने एक किसिमको शारीरिक प्रतिक्रियाको रुपमा पनि बुझ्न सकिन्छ ।
यो प्रतिक्रियाले ल्याउने परिवर्तनहरुले शरीरका विभिन्न अङ्ग प्रणालीहरुलाई आक्रमण गरेर तिनलाई निस्तेज तुल्याउन सक्छ, जुन सेप्सिसको विकराल अवस्था हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सेप्सिसको समयमा उपचार नभए अरु अङ्गहरूमा क्षति पुर्याउन सक्छ । बदलिँदो जीवनशैली, बढ्दो प्रदूषण, अनावश्यक एन्टिबायोटिकको प्रयोग, पौष्टिक आहारको कमी र फास्टफुडको अत्यधिक सेवनका कारण मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दै गएकाले सेप्सिसको जोखिम अझै बढिरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हरेक वर्ष आईसीयूमा भर्ना हुने बिरामीमध्ये ३० प्रतिशतको सेप्सिसका कारण ज्यान जाने गरेको डाक्टरहरु बताउँछन् । सेप्सिसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, मुटुको गति कम हुने, पिसाबको मात्रा घट्ने र जन्डिसजस्ता समस्या देखा पर्ने डाक्टर बुढाथोकी बताउनुहुन्छ ।
जेष्ठ नागरिक, बालबालिका, दीर्घरोगी र रोगप्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिहरूमा यसको जोखिम बढी हुन्छ । यसबाट जोगिनको लागि सन्तुलित र पौष्टिक आहार खान तथा शरीरमा घाउ, सङ्क्रमण या कुनै लक्षण देखा परेमा तुरुन्तै स्वास्थ्य संस्थामा गएर उपचार गर्न डाक्टरको सल्लाह छ ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मनाइयो विश्व स्ट्रोक दिवस
बिहीबार, कात्तिक १२, २०८३
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग मन्त्री मेहताको कार्यसम्पादन सम्झौता
बिहीबार, कात्तिक १२, २०८३
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा कर्मचारी माग, कात्तिक २१ गतेसम्म आवेदन दिन सकिने
बिहीबार, कात्तिक १२, २०८३
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
बिहीबार, कात्तिक १२, २०८३
