नेपाल हेल्थ न्युज, रुपन्देही । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञानबीच स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।
दुवै प्रतिष्ठानहरू देशको दुर्गम र जटिल क्षेत्रमा स्थापना भएको सन्दर्भमा दुवैले एक आपसमा सहकार्य गरेर पिछडिएको क्षेत्रको स्वास्थ्य अवस्थालाई सुधार्दै विविध विषयमा संयुक्त रूपमा कार्य गर्ने सम्झौतामा उल्लेख छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. अजय कुमार मिश्रको तर्फबाट रजिष्ट्रार प्रा. श्याम लम्साल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. सूर्यमान मेयान्ग्बोले आज सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतामा दुवै संस्थाले जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेको असर र त्यसका समाधानका उपायहरू तथा हिमाली जडीबुटीहरूको अध्ययन एवं देशभित्र उपलब्ध जडीबुटीबाट स्वदेशमै आधुनिक औषधी उत्पादन गर्न सकिने सम्भावना लगायतका महत्त्वपूर्ण क्षेत्रमा संयुक्त अनुसन्धान गर्ने उल्लेख छ ।
वर्तमान समयमा जलवायु परिवर्तन र हिमाली जडीबुटी सम्बन्धित स्वास्थ्य अनुसन्धान राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा अत्यन्तै महत्वको विषय हो । दुवै संस्थाले दुर्गम क्षेत्रको स्वास्थ्य सम्बन्धी मुद्दाहरूमा संयुक्त अनुसन्धान सञ्चालन गरी स्वास्थ्य सेवा, स्वास्थ्य संरचना सुधार, जनशक्ति व्यवस्थापनमा निरन्तर सहकार्य गर्ने समेत सम्झौतामा उल्लेख छ ।
त्यसैगरी, दुवै संस्थाका प्राविधिक र प्रशासनिक जनशक्तिको एक अर्काको आवश्यकता अनुसार आदान प्रदान गरी सेवा प्रवाह, तालिम, शैक्षिक गतिविधि र अनुसन्धानका क्रियाकलापहरू सुचारु गर्न सहज बनाउने समेत प्रतिबद्धता उल्लेख गरिएको छ ।
सम्झौताले पिछडिएको क्षेत्रको स्वास्थ्य सेवालाई सुधार गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सफल पार्न एवं समान उद्देश्यका लागि उपलब्ध साधन श्रोतलाई एकीकृत गरी स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानसँग सम्बन्धित क्रियाकलापहरू सञ्चालन गर्न सहज हुने विश्वास दुवै प्रतिष्ठानका पदाधिकारीहरूले व्यक्त गर्नुभयो ।
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
