नेभिगेशन

आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण

नेपाल हेल्थ न्युज, काठमाडौं । प्रेस काउन्सिल नेपालले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिलाई अस्पतालको आईसीयूमा उपचाररत अवस्थामै अन्तर्वार्ता लिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ।

काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले विज्ञप्ति जारी गर्दै रसुवा बाढीमा माथिल्लो त्रिशूली–३ ए जलविद्युत आयोजनाबाट १० दिनपछि उद्धार गरिएका व्यक्तिसँग अस्पतालमा अन्तर्वार्ता लिएर ‘इन्साइड द बंकर’ नामक युट्युब च्यानलमार्फत सामग्री प्रसारण गरिएको विषयमा ध्यानाकर्षण भएको जनाएका हुन्।

त्यस्तै, सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा उद्धार गरिएका एक पदप्रदर्शकको अस्पतालमा उपचार भइरहेकै अवस्थामा आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा पनि जानकारी प्राप्त भएको काउन्सिलले जनाएको छ। उक्त सामग्री बीबीसी नेपाली सेवाबाट प्रसारण भएको काउन्सिलको विज्ञप्तिमा उल्लेख छ।

काउन्सिलले दुवै घटनासँग सम्बन्धित सामग्रीबारे पत्रकार आचारसंहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन गरिरहेको जनाएको छ। घटनाबारे आवश्यक अध्ययनका लागि सम्बन्धित सञ्चारकर्मी, अस्पताल तथा नेपाल मेडिकल काउन्सिललाई समेत ध्यानाकर्षण पत्र पठाइएको काउन्सिलले जनाएको छ।

press-council-1789385607.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट