नेपाल हेल्थ न्युज, काठमाडौं । प्रेस काउन्सिल नेपालले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिलाई अस्पतालको आईसीयूमा उपचाररत अवस्थामै अन्तर्वार्ता लिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले विज्ञप्ति जारी गर्दै रसुवा बाढीमा माथिल्लो त्रिशूली–३ ए जलविद्युत आयोजनाबाट १० दिनपछि उद्धार गरिएका व्यक्तिसँग अस्पतालमा अन्तर्वार्ता लिएर ‘इन्साइड द बंकर’ नामक युट्युब च्यानलमार्फत सामग्री प्रसारण गरिएको विषयमा ध्यानाकर्षण भएको जनाएका हुन्।
त्यस्तै, सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा उद्धार गरिएका एक पदप्रदर्शकको अस्पतालमा उपचार भइरहेकै अवस्थामा आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा पनि जानकारी प्राप्त भएको काउन्सिलले जनाएको छ। उक्त सामग्री बीबीसी नेपाली सेवाबाट प्रसारण भएको काउन्सिलको विज्ञप्तिमा उल्लेख छ।
काउन्सिलले दुवै घटनासँग सम्बन्धित सामग्रीबारे पत्रकार आचारसंहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन गरिरहेको जनाएको छ। घटनाबारे आवश्यक अध्ययनका लागि सम्बन्धित सञ्चारकर्मी, अस्पताल तथा नेपाल मेडिकल काउन्सिललाई समेत ध्यानाकर्षण पत्र पठाइएको काउन्सिलले जनाएको छ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मनाइयो विश्व स्ट्रोक दिवस
बिहीबार, कात्तिक १२, २०८३
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग मन्त्री मेहताको कार्यसम्पादन सम्झौता
बिहीबार, कात्तिक १२, २०८३
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा कर्मचारी माग, कात्तिक २१ गतेसम्म आवेदन दिन सकिने
बिहीबार, कात्तिक १२, २०८३
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
बिहीबार, कात्तिक १२, २०८३
