नेभिगेशन

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. कृष्णप्रसाद पौडेलले पाउनुभएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. पौडेललाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी तोक्नुभएको हो।

डा. पौडेलले सोमबार उक्त जिम्मेवारी पाउनुभएको हो । उहाँले मंगलबारदेखि औपचारिक रूपमा आफ्नो नयाँ जिम्मेवारी सम्हाल्नुहुनेछ। यसअघि डा. पौडेल सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत हुनुनथियो।

डा. पौडेललाई जिम्मेवारी दिनुअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. अनुज भट्टचनले सम्हाल्दै आउनुभएको थियो। डा. भट्टचन विभागको निमित्त महानिर्देशकसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकसमेत हुनुहुन्थ्यो। अब डा. भट्टचनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकका रूपमा मात्रै जिम्मेवारी सम्हाल्नुहुनेछ।

स्वास्थ्य सेवा विभागको महानिर्देशक पद १२औँ तहको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डा. संगिता मिश्रा तानिएपछि स्वास्थ्य मन्त्रालयमा १२औँ तहमा कार्यरत डा. श्रीकृष्ण श्रेष्ठ मात्रै बाँकी रहनुभएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट