शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले पाँच वर्षको अवधिमा ४ सय ४३ जनामा मिर्गौला प्रत्यारोपण गरिएको छ । २०६९ साल वैशाखदेखि सेवा सुरु गरेको केन्द्रले ३ सय ४४ पुरुष र ९७ महिलामा मिर्गौला प्रत्यारोपण गरेको छ । दुई जनाले भने मस्तिष्क मृत्यु भएको शरीरबाट मिर्गौला पाएको केन्द्रले जनाएको छ । गतवर्ष १ सय ५३ जनाको नि:शुल्क मिर्गौला प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताउनुभयो । सरकारले गतवर्षदेखि मिर्गौलाको प्रत्यारोपण नि:शुल्क गर्ने निर्णय गरेको थियो । ४ सय ६० जना मिर्गौला र १० जना कलेजो प्रत्यारोणका लागि दाताको पखाईमा रहेको केन्द्रको तथ्याङ्क छ । मिर्गौलाको दान गर्नेमा महिला र लिनेमा पुरुषको संख्या धेरै हुने गरेको श्रेष्ठले बताउनुभयो । केन्द्रमा वर्षेनी १ सय ५० देखि २ सय ५० जनाको प्रत्यारोपण हुने गरेको छ । सामान्य र जटिल गरी मुलुकभर करीब ३० लाख मिर्गौलाका बिरामी रहेको सरकारको अनुमान छ ।कान्तिपुर
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
