मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँ, सुर्खेतमा सिटीस्क्यान सेवा शुरु भएको छ ।
लामो समयदेखि यहाँका नागरिक सिटीस्क्यान सेवाबाट वञ्चित रहँदै आएका थिए । जटिल रोगको उपचारका लागि उक्त सेवा आवश्यक रहेको क्षेत्रीय अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डा डम्बर खड्काले बताउनुभयो । डा खड्काका अनुसार तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको कार्यकालमा सिटीस्क्यान सेवाका लागि पहल गरिएको थियो ।
सङ्घीय सरकारको सहयोगमा सिटीस्क्यानका लागि अस्पताललाई रु तीन करोड ५० लाखको उपकरण प्राप्त भएको छ । अस्पतालले सामबारदेखि उक्त सेवा शुरु गरेको छ । बिरामीले निजी अस्पतालभन्दा ५० प्रतिशत सहुलियतमा सो सेवा पाउने डा खड्काले जानकारी दिनुभयो । “अब नागरिकले महँगो शुल्क तिरेर जटिल खालका रोगको उपचारका लागि बाहिर धाउनुपर्ने छैन,” उहाँले भन्नुभयो । रासस
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
१५ मिनेटमै मानिसलाई धुने–सुकाउने मिराइ ह्यूमन वासिङ मेसिनः जापानको भविष्यवादी आविष्कार
बिहीबार, मंसिर १८, २०८२
स्वास्थ्यसेवा बदल्ने सपनाः वंशीराम श्रेष्ठको दृष्टिबाट सुरु भएको यात्रा
सोमबार, जेठ २६, २०८२
अटोइम्युन रोग स्क्रिनिङमा गोल्ड स्टैण्डर्ड भ्यालिडिटेड ‘आईएफए’ प्रविधि
सोमबार, चैत २५, २०८१ट्रेन्डिङ

