नेपाल हेल्थ न्युज, काठमाडौं। नेपालको स्वास्थ्य क्षेत्रमा पछिल्ला वर्षहरूमा उल्लेखनीय परिवर्तन आएको छ । अत्याधुनिक एमआरआई, सिटी स्क्यान, क्यान्सर उपचारका लागि लिनियर एक्सिलेटर, न्यून चिरफारमार्फत हुने ल्याप्रोस्कोपिक शल्यक्रिया, स्मार्ट अपरेशनथिएटरदेखि टेलिमेडिसिनसम्मका प्रविधिहरूले स्वास्थ्य सेवाको स्वरूप नै बदलिदिएका छन् ।
यी परिवर्तनका पछाडि केही संस्थाहरूको दीर्घकालीन योगदान छ जसले विश्वस्तरीय स्वास्थ्य प्रविधिलाई नेपालमा भित्र्याउने मात्र नभई त्यसको प्रभावकारी प्रयोग सुनिश्चित गर्न पनि भूमिका खेलेका छन् । यस्तै संस्थामध्ये एक हो इस्ट वेस्ट ग्रुप । चार दशकभन्दा लामो इतिहास बोकेको इष्टवेष्ट ग्रुप अहिले नेपालको स्वास्थ्य प्रविधि क्षेत्रमा अग्रणी संस्थाका रूपमा स्थापित छ । कम्पनीका एक्जिक्युटिभ डाइरेक्टर आर्हान्त श्रेष्ठका अनुसार इस्ट वेस्टको उद्देश्य उपकरण बेच्नु मात्र नभई नेपालमा नयाँ प्रविधि भित्र्याएर प्रभावकारी रूपमा कार्यान्वयन गर्नु हो ।
हजुरबुवाले रोपेको बिरुवा, चौथो दशकमा नयाँ उचाइ
आज ४४ वर्षको यात्रा पूरा गरिसकेको इस्ट वेस्ट ग्रुपको सुरुआत् आर्हान्त श्रेष्ठका हजुरबुवा वंशीराम श्रेष्ठले गर्नुभएको थियो । त्यसपछि दोस्रो पुस्ता बुवा शेर श्रेष्ठले व्यवसायलाई विस्तार गर्नुभयो र अहिले तेस्रो पुस्ताले नेतृत्व गरिरहेको छ ।
‘हामीले नेपालमा नयाँ–नयाँ स्वास्थ्य प्रविधि कसरी ल्याउने र त्यसलाई अस्पताल तथा चिकित्सकहरूले प्रभावकारी रूपमा प्रयोग गर्न सक्ने वातावरण कसरी बनाउने भन्ने विषयलाई प्राथमिकतामा राखेका छौं,’—श्रेष्ठ भन्नुहुन्छ । हाल कम्पनीले विश्वका करिब १५ देखि १७ अन्तर्राष्ट्रिय कम्पनीको प्रतिनिधित्व गर्दै आएको छ । तीमध्ये चिकित्सा प्रविधिको विश्वप्रसिद्ध कम्पनी क्ष्झभलक ज्भबतिजष्लभभचक प्रमुख रहेको छ ।
रेडियोलोजीदेखि क्यान्सर उपचारसम्म
इस्ट वेस्ट ग्रुपले नेपालमा रेडियोलोजी, प्रयोगशाला परीक्षण, क्रिटिकल केयर, सर्जरी, अपरेशन थिएटर, अस्पताल पूर्वाधार तथा क्यान्सर उपचारसम्बन्धी प्रविधिहरू उपलब्ध गराउँदै आएको छ । कम्पनीले रेडियोलोजी र इन–भिट्रो डायग्नोस्टिक्स (आईभिडी) क्षेत्रका उपकरणहरूका साथै ब्लड ग्याँस एनालाइजरजस्ता पोइन्ट अफ केयर प्रविधि उपलब्ध गराउँदै आएको छ । त्यसैगरी गेटिङ्गेका भेन्टिलेटर, अपरेशन टेबल तथा अपरेशन थिएटर र प्ब्च्ी क्त्इच्श् का ल्याप्रोस्कोपी तथा युरोलोजी उपकरणहरू पनि नेपाली अस्पतालहरूमा इस्ट वेस्टमार्फत पुगेका छन् ।
१८० जनाको टोली, ६० जना इन्जिनियर
नेपालमा स्वास्थ्य उपकरण आपूर्ति गर्ने धेरै कम्पनीहरू भए पनि इस्ट वेस्टले आफूलाई फरक रूपमा स्थापित गरेको दाबी गर्छ । कम्पनीमा हाल १८० भन्दा बढी कर्मचारी कार्यरत छन् । तीमध्ये करिब ६० जना इन्जिनियर सेवा, मर्मत तथा प्राविधिक सहयोगका लागि समर्पित छन् । विशेष कुरा के छ भने अधिकांश इन्जिनियरहरू उपकरण उत्पादक कम्पनीबाट प्रत्यक्ष तालिमप्राप्त छन् । यसले गर्दा उपकरण स्थापना, सञ्चालन, प्रयोगकर्ता प्रशिक्षण तथा दीर्घकालीन मर्मतसम्भारका लागि विदेशी प्राविधिकको भर पर्नु नपर्ने कम्पनीको दाबी छ ।
उपकरणभन्दा महत्वपूर्ण ‘उपयोग’
उपकरण ल्याउनु मात्रै ठूलो उपलब्धि होइन । ‘जोसुकैले उपकरण आयात गर्न सक्छ । तर त्यसलाई कसरी १०–१५ वर्षसम्म प्रभावकारी रूपमा सञ्चालन गर्ने, कसरी चिकित्सकलाई त्यसको अधिकतम उपयोग गर्न सहयोग गर्ने र अन्ततः बिरामीको उपचारलाई कसरी प्रभावकारी बनाउने भन्ने विषय नै हाम्रो मुख्य उद्देश्य हो’—उहाँ भन्नुहुन्छ । उहाँका अनुसार कम्पनीको बिक्रीभन्दा ठूलो प्राथमिकता ‘क्लिनिकल आउटकम’ हो अर्थात् नयाँ प्रविधिले बिरामीको उपचार परिणाममा कस्तो सुधार ल्यायो भन्ने कुरा नै सफलता मापनको आधार मानिन्छ ।
दक्षिण एसियामै पहिलो प्रविधि नेपालमा
नेपाललाई प्रविधिमा पछाडि परेको देशका रूपमा चित्रण गरिए पनि स्वास्थ्य क्षेत्रमा अवस्था बदलिँदै गएको छ । उहाँले उदाहरण दिँदै नोबेल मेडिकल कलेजमा जडान गरिएको अत्याधुनिक क्यान्सर उपचार उपकरण ‘लिनियर एक्सिलेटर एज’ को चर्चा गर्नुभयो । उहाँका अनुसार उक्त प्रविधि नेपालमा मात्र नभई दक्षिण एसियामै पहिलोपटक जडान गरिएको उच्चस्तरीय क्यान्सर उपचार प्रणालीमध्ये एक थियो । यसले नेपालमा पनि विश्वस्तरीय क्यान्सर उपचार सम्भव रहेको सन्देश दिएको छ ।
अस्पताल डिजाइनदेखि स्मार्ट ट्रान्सपोर्ट प्रणालीसम्म
इस्ट वेस्टको भूमिका केवल उपकरण आपूर्तिमा मात्र सीमित छैन । कम्पनीले अस्पतालको समग्र पूर्वाधार विकास, अपरेशन थिएटर निर्माण, अस्पताल डिजाइन, कार्यप्रवाह व्यवस्थापन तथा स्मार्ट अस्पताल प्रणालीमा समेत काम गरिरहेको छ । विशेषगरी ‘न्युम्याटिक ट्युब सिस्टम’ जस्ता समाधानहरूले अस्पतालभित्र रगत, नमुना तथा औषधि छिटो र सुरक्षित रूपमा एक स्थानबाट अर्को स्थानमा पु¥याउने व्यवस्था गर्छ । त्यसैगरी कम्पनीले मोडुलर अपरेशन थिएटर, अस्पताल फर्निसिङ तथा स्वास्थ्य संस्थाको कार्यप्रवाह व्यवस्थापनमा पनि विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ । यसका लागि कम्पनीसँग आफ्नै आर्किटेक्ट, सिभिल इन्जिनियर तथा डिजाइन टोलीसमेत रहेको छ ।
नेपालमा प्रविधिको गति तीव्र
हाल नेपालका अस्पतालहरू प्रविधिमैत्री बन्दै गएका छन् । विश्वका विकसित मुलुकहरूमा प्रयोग भइरहेका अधिकांश स्वास्थ्य प्रविधिहरू अहिले नेपालमा पनि उपलब्ध छन् । ‘आज नेपालका अस्पतालहरू टेक्नोलोजी फोकस्ड भइसकेका छन् । चिकित्सकहरू नयाँ प्रविधि सिक्न इच्छुक छन् । अस्पतालहरू पनि निरन्तर लगानी गरिरहेका छन्—उहाँ भन्नुहुन्छ । अहिलेको चुनौती प्रविधिको उपलब्धता मात्र होइन, त्यसप्रति जनविश्वास निर्माण गर्नु हो ।
प्रविधि आयो, अब विश्वास निर्माण गर्नुपर्छ
नेपालबाट उपचारका लागि विदेश जाने प्रवृत्ति अझै कायम छ । अहिले धेरै अवस्थामा नेपालमा आवश्यक प्रविधि र दक्ष चिकित्सक भए पनि बिरामीको विश्वास पूर्ण रूपमा स्थापित भइसकेको छैन । ‘अब अस्पतालहरूले नयाँ प्रविधि भित्र्यायौं भनेर मात्र पुग्दैन । त्यसले कसरी जटिल रोगको उपचार सफल बनायो भन्ने कुरा जनतासम्म पु¥याउनुपर्छ’— उहाँ भन्नुहुन्छ । डिजिटल युगमा सूचना लुकाएर राख्न सम्भव छैन । बिरामी अस्पताल पुग्नुअघि नै आफ्नो रोग, उपचार विधि र उपलब्ध विकल्पबारे जानकारी लिएर पुग्ने अवस्था बनिसकेको छ ।
स्वास्थ्य बीमा बलियो नभएसम्म प्रविधिको विस्तार सीमित
आर्हान्त श्रेष्ठले नेपालको स्वास्थ्य प्रणालीको अर्को महत्वपूर्ण चुनौती स्वास्थ्य बीमा रहेको बताउनुभयो । प्रविधि, उपकरण र चिकित्सकको स्तर अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास हुँदै गए पनि स्वास्थ्य वित्तीय प्रणाली अझै कमजोर छ । ‘अहिले अधिकांश बिरामीले उपचार खर्च आफ्नै खल्तीबाट तिर्नुपर्छ । जब स्वास्थ्य बीमा प्रभावकारी हुन्छ, निजी तथा सरकारी बीमा सहज हुन्छ, तब अस्पतालहरूले अझ छिटो नयाँ प्रविधिमा लगानी गर्न सक्छन्’ उहाँ भन्नुहुन्छ । नेपालले प्रविधिमा धेरै प्रगति गरिसकेको भए पनि स्वास्थ्य प्रणाली र बीमा संरचनालाई अझै सुदृढ बनाउन आवश्यक छ ।
भविष्यको लक्ष्यः विश्वस्तरीय उपचार नेपालमै
नेपालमा हरेक वर्ष नयाँ अस्पताल खुलिरहेका छन् । अत्याधुनिक उपकरणहरू भित्रिरहेका छन् । विशेषज्ञ चिकित्सकहरूको संख्या पनि बढिरहेको छ । यही गतिमा अघि बढे नेपालमा अहिले विदेशमा मात्र सम्भव ठानिएका धेरै उपचार सेवाहरू आगामी वर्षहरूमा देशभित्रै उपलब्ध हुने विश्वास गरिएको छ । उहाँको निष्कर्ष स्पष्ट छ— ‘प्रविधि नेपालमा आइसकेको छ, चिकित्सक पनि सक्षम छन् । अब आवश्यक छ—विश्वास निर्माण गर्ने स्वास्थ्य प्रणाली ।’ नेपालको स्वास्थ्य क्षेत्र विश्वस्तरीय प्रविधितर्फ अघि बढिरहेको छ । तर यसको वास्तविक सफलता त्यतिबेला मापन हुनेछ जब नेपाली बिरामीले उपचारका लागि विदेश जानुपर्दैन भन्ने आत्मविश्वास प्राप्त गर्नेछन् । त्यही यात्रामा इस्ट वेस्ट ग्रुपजस्ता संस्थाहरूले प्रविधि र उपचारबीचको पुल निर्माण गरिरहेका छन् ।
मेडिकल प्रयोगशाला व्यवस्थापन प्रणाली ‘निदान्यो’ स्वदेशी सफ्टवेयर सार्वजनिक
शनिबार, असोज ३, २०८३
लुम्बिनी प्राविधिक विश्वविद्यालय पूर्वाधार अभावको चक्रमा
सोमबार, जेठ १८, २०८३


