पेट सिटीले क्यान्सर कुन स्टेज (तह) मा छ भन्ने पहिचान गर्ने र शरीरको कुनै पनि भागमा लुकेर बसेका क्यान्सर कोषहरु पत्ता लगाउँछ र क्यान्सरमुक्त भएनभएको जानकारी प्रदान गर्छ । यसले क्यान्सर बिरामीले सेवन गरिरहेको औषधिले काम गरेनगरेको समेत पत्ता लगाउन मद्धत गर्छ ।
पेट सिटीमा विभिन्न रेडियोधर्मीहरु (कार्वन, अक्सिजन, नाइट्रोजन आदी प्रयोग गरिन्छ । तर क्यान्सर परीक्षणका लागी मुख्यत एफडिजी—एफ १८ (फ्लोडीअक्सी ग्लुकोज) को प्रयोग हुन्छ । यद्यपी पेट सिटीले रक्त प्रवाहको मात्रा, अक्सिजनको प्रयोग, ग्लुकोज खपतको अध्ययन गरी विभिन्न अंगहरुको क्रियाशीलता जाँच गर्छ र त्यो अंगको अवस्था पत्ता लगाउन मद्धत गर्दछ ।
पेट सिटीको प्रयोग
-क्यान्सर पत्ता लगाउन
-क्यान्सर शरीरको एक भागमा मात्र छ वा विभिन्न भागमा फैलिएको छ कि छैन भनेर पत्ता लगाउन
- उपचार शुरु गर्नुअघि क्यान्सरको स्टेजिङ्ग गर्न
- उपचारपछि उपचारको प्रभावबारे मापन गर्न
- कहिलेकाँही रोग पत्ता लगाउन बायोप्सी (मासु जाँच) गर्न कठिनाइ हुँदा बायोप्सीका लागि सही ठाउँ पत्ता लगाउन
- रेडियोथेरापी (कुनै कुनै क्यान्सरमा) उपचारको योजना बनाउन
- मुटुको माशंपेशीमा रक्त प्रवाह हेर्न
- मुटुको विभिन्न रोगको अध्ययन गर्न
-मस्तिष्कको विभिन्न अवस्था अध्ययन गर्न गरिन्छ ।
सावधानी
केही घण्टाअघिदेखि खाली पेट बस्नुपर्छ । गुलियो मिसिएको पेय पदार्थ खान हँुदैन । यसले जाँचमा असर पार्छ । मधुमेह नभएकाहरुले पेट स्क्यान गर्न आउँदा ६ घण्टा अघिदेखि खाली पेट बस्नुपर्छ । मधुमेह भएकालाई धेरे समय खाली पेट बस्न नहुने भएकाले उनीहरुलाई भने ४ घण्टा अघि खाली पेटमा पेट स्क्यान गर्नुपर्छ । यसपछि सुईको माध्यमबाट एफडिजी शरीरमा दिइन्छ र पेट स्क्यान मेशिनमा जाँच गरिन्छ । एफडिजी सूई लगाएपछि आरामसँग बस्नुपर्छ । हिँडडूल गर्दा पनि ग्लुकोज खपत हुने भएकाले रिपोर्टमा परिवर्तन आउनसक्छ र जाँच दोहो¥याउनुपर्ने पनि हुनसक्छ । यसरी सूई दिइसकेपछि सिटी स्क्यानमा राखिन्छ र विभिन्न अवस्थाको फोटो खिचिन्छ ।पेट स्क्यानको माध्यमबाट ति अंगहरुको क्रियाशिलताका बारे अध्ययन हुन्छ र पेटमा सिटी स्क्यानर हुने भएकाले अंगहरुको इमेज पनि देखिन्छ । यसले अध्ययनलाई सहज बनाइदिएको छ । जाँचपछि जहाँ कोषिकाहरु धेरै क्रियाशील हुन्छन त्यो भागमा ग्लुकोजको क्रियाशीलता पनि बढी देखिन्छ जसलाई ‘हट स्पट’ भनिन्छ यो पूरा स्क्यान प्रक्रियालाई आधा घण्टा जति लाग्नसक्छ । विशेष अवस्थामा कहिलेकाँही समय लम्बिन पनि सक्छ ।
ध्यान दिनुपर्ने
यसमा प्रयोग हुने रेडियो एक्टिभ (रेडियोधर्मी) पदार्थको आयू थोरै (११० मिनेट) हुन्छ र सेल्फ लाइफ १२ घण्टाको हुन्छ । यसले गर्दा यो पदार्थ बनिसकेपछि जतिसक्दो चाँडो प्रयोग गर्नुपर्दछ । हाम्रो देशमा विभिन्न संक्रामक रोगहरु जस्तैः क्षयरोग, सार्कोइडोसिस धेरै मात्रामा पाइने गर्दछ जसले लिम्फ ग्रन्थी सुन्निने हुन्छ । यस्तो अवस्थामा पेट स्क्यान गर्दा क्यान्सर नभए पनि पोजेटिभ रिजल्ट आउन सक्छ । त्यसैले रिपोर्ट गर्ने चिकित्सकले यस्ता कुरामा विशेष ध्यान दिन जरुरी हुन्छ । यस्तो अवस्थामा क्यान्सर र क्षयरोग छुट्याउन गाह्रो हुनसक्छ ।
(डा. कोइरालासुरिया डायग्नोष्टिक प्रा.लि.मा कार्यरत हुनुहुन्छ ।)
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
१५ मिनेटमै मानिसलाई धुने–सुकाउने मिराइ ह्यूमन वासिङ मेसिनः जापानको भविष्यवादी आविष्कार
बिहीबार, मंसिर १८, २०८२
स्वास्थ्यसेवा बदल्ने सपनाः वंशीराम श्रेष्ठको दृष्टिबाट सुरु भएको यात्रा
सोमबार, जेठ २६, २०८२
अटोइम्युन रोग स्क्रिनिङमा गोल्ड स्टैण्डर्ड भ्यालिडिटेड ‘आईएफए’ प्रविधि
सोमबार, चैत २५, २०८१ट्रेन्डिङ

