सप्तरीमा पहिलोपटक सिटीस्क्यान र आइसीयु सेवा शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । रुपनी गाउँपालिकास्थित युनिक अस्पतालले पहिलोपल्ट ती सेवा शुरु गरेको हो ।उक्त अस्पतालका अध्यक्ष जयप्रकाश ठाकुरले पाँच भेन्टिलेटरसहितको आइसीयु र पाँच सिसीयुसमेत जडान गरिएको बताउनुभयो । यसअघि जिल्लामा ती दुबै उपकरण नहुँदा सो सम्बन्धी उपचारका लागि प्रदेश नं १ को विराटनगर वा धरानमा बिरामीलाई लैजान पथ्र्यो अब त्यो सेवा अब सप्तरीमै आइसकेपछि जिल्लावासीमा खुशी छाएको उहाँको भनाइ थियो ।आइसीयुको अभावमा कतिपय बिरामीको ज्यान जोखिममा पर्न नदिन जिल्ला बाहिर पठाउनुपर्दा बढी रकम खर्चिनुपरेकाले आफूहरूले ती उपकरण ल्याएको अध्यक्ष ठाकुरले बताउनुभयो । मस्तिष्कभित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटी, पेट हड्डीको समस्यालगायत जटिल रोगका लागि ती उपकरण आवश्यक पर्नेे चिकित्सकहरु बताउँछन् । रासस
डा. उज्ज्वललाई २३ प्रश्न
आइतबार, माघ २५, २०८२
नेपालमा रोबोटिक सर्जरीको उदय
शुक्रबार, माघ २३, २०८२
१५ मिनेटमै मानिसलाई धुने–सुकाउने मिराइ ह्यूमन वासिङ मेसिनः जापानको भविष्यवादी आविष्कार
बिहीबार, मंसिर १८, २०८२


