काठमाडौंमा पहिलोपटक अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन शुरु भएको छ । काठमाडौंका याक एण्ड एति होटलमा भएको सम्मेलन आज र भोलि ( वैशाख ७ र ८ गते ) हुनेछ । सम्मेलनमा प्रत्यारोपण क्षेत्रमा देश विदेशमा भइरहेको गतिविधि, उपचार र विकसित अत्याधुनिक उपकरणबारे जानकारी आदानप्रदान भइरहेको छ ।
सम्मेलनमा संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, जापान, सिंगापुरसँगै दक्षिण एसियाली मुलुकका विशेषज्ञ चिकित्सकहरुको सहभागिता छ ।
भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयोजनमा अंग प्रत्यारोपण समाज नेपाल र भारतीय अंग प्रत्यारोपण समाजको सह—आयोजनामा सम्मेलन भएको हो । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले सम्मेलनमा करिब चारसय चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी भएको बताउनुभयो । ‘सम्मेलनमा अंग प्रत्यारोपणका क्षेत्रमा ख्यातिप्राप्त विश्वभरकै वरिष्ठ चिकित्सकहरुको सहभागिता रहेको डा. श्रेष्ठको भनाइ छ । सम्मेलनले नेपालमा अंग प्रत्यारोपणको क्षेत्रमा थप टेवा पुग्ने बताइएको छ । ’
सम्मेलनमा देशभरका जिल्लास्तरका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट र नर्सिङ निर्देशकहरुलाई सहभागी गराएर अंगदान, अंग प्रत्यारोपण र मस्तिष्क मृत्युसम्बन्धी छुट्टै कार्यशालाको आयोजना गरिएको छ । भविष्यमा देशभर अंग प्रत्यारोपणसम्बन्धी सेवा विस्तार गर्न जिल्ला अस्पतालमा गर्नुपर्ने तयारी एवं व्यवस्थापनबारे महत्वपूर्ण हुने छ । अंग प्रत्यारोपणको क्षेत्रमा नेपालले गरिरहेको कार्य र हाँसिल गरेका प्रगतिबारे विश्व समुदायलाई जानकारी दिन सम्मेलन कोसेढुंगा सावित हुनेछ ।

प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
स्वास्थ्य लेख
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ