नेभिगेशन

राजकुमार विलियम: आमा राजकुमारी डायनाको मृत्युपछि अनुभूति भएको पीडा सम्झिँदै मानसिक स्वास्थ्यबारे यसो भने

राजकुमारी डायनाको मृत्यु हुँदा राजकुमार विलियम सानै थिए ड्यूक अफ केम्ब्रिज राजकुमार विलियमले आफ्नी आमा राजकुमारी डायनाको मृत्यु भएपछि “अरू पीडाभन्दा भिन्न पीडा“ अनुभूति भएको बताएका छन्। बीबीसी टीभीका लागि बनाइएको मानसिक स्वास्थ्यसम्बन्धी एउटा वृत्तचित्रमा उनले मातृशोक पर्दा आफूलाई कस्तो भएको थियो त्यसबारे कुरा गरेका छन्। ब्रिटिशहरू प्रतिकूल समयमा पनि अविचलित र संयमित भएर काम गर्न सक्ने मान्यता भए पनि मानिसहरूले शान्त हुनुपर्ने र आफ्ना भावनाबारे कुरा गर्नुपर्ने उनको धारणा छ। उनी भन्छन्, “...किनकि हामी रोबोट होइनौँ।“ आफू एअर एम्बुलेन्स पाइलट भएर काम गर्दाको अनुभव स्मरण गर्दै उनले आफूलाई “मृत्यु नजिकै छ“ भन्ने लाग्ने गरेको बताए। पीडा राजकुमारी डायनाको सन् १९९७ मा एउटा कार दुर्घटनामा परेर मृत्यु भएको थियो। आमाको मृत्युको शोक खपेकाले अरूलाई शोक पर्दा कस्तो हुन्छ त्यो आफूले बुझ्ने उनले बताए। उनले भने, “मैले यसबारे धेरै सोचेको छु। र मलाई किन यस्तो अनुभूति हुन्छ भन्ने म बुझ्ने प्रयास गर्दैछु। तर सानो उमेरमा शोक पर्दा, अथवा जुनसुकै बेला पनि तर विशेषतस् सानो उमेरमा, म त्यसको सहानुभूति गर्न सक्छु। तपाईँलाई अरू पीडाभन्दा भिन्न पीडा हुन्छ।“ “मैले गरेका केही कामका क्रममा भेटिएका परिवारहरूसँग मेरो व्यक्तिगत सहानूभुति भएको पाएँ।“ इस्ट एङ्गलियन एअर एम्बुलेन्समा विमानचालकका रूपमा काम गर्दा सैन्य पृष्ठभूमिका कारण भावनालाई पन्छाउनु पर्दाको “कठिन“ अनुभव पनि उनले सुनाए। ’बोल्नुपर्छ’ एम्बुलेन्सको संसारलाई “निकै खुला“ बताएका उनले आफ्ना दैनिक अनुभवलाई “निकै कष्टपूर्ण र भावनात्मक“ भएको बताएका थिए। “दैनिक त्यस्ता परिवारहरूसँग काम गर्नुपर्थ्यो जसले जीवनमा सुन्नुपर्ने सबैभन्दा नराम्रा समाचार सुन्न विवश हुन्थे।“ “त्यो काँचो भावना‘ मभित्र उम्लिरहेको म अनुभव गर्न सक्थेँ। अनि मलाई त्यसले असर पार्न सक्छ र त्यो ठूलो समस्या हुन सक्छजस्तो लाग्यो।“ आइतवार प्रसारित हुने बीबीसी वनको वृत्तचित्रका लागि उनले फुटबल खेलाडीहरू पिटर क्राउच र डानी रोजे, पूर्वखेलाडीहरू थिएरी अन्री र जर्मेइन जेनस र इङ्ग्ल्यान्डका प्रबन्धक ग्यारेथ साउथगेटसँग कुराकानी गरेका छन्। उनीहरू सबैले विभिन्न किसिमका मानसिक स्वास्थ्य र व्यावसायिक जीवनमा सामना गर्नुपर्ने दबावबारे आफ्नो अनुभव सुनाएका छन्। अभियान विलियम र उनका भाइ ड्यूक अफ ससेक्स राजकुमार ह्यारीले यसअघि पनि आफ्नी आमाको मृत्युबारे बोलेका थिए। त्यतिखेर उनीहरूले ’हेड्स टुगेदर’ नाम दिइएको मानसिक स्वास्थ्यसम्बन्धी एक अभियान थालेका थिए। उक्त अभियानले मानिसहरूलाई आफ्ना समस्याबारे खुलेर कुरा गर्न प्रोत्साहन गरेको थियो। राजकुमार विलियम र राजकुमार ह्यारीका दम्पती गत महिना मानसिक स्वास्थ्यसम्बन्धी समस्या झेलिरहेकाहरूका लागि सन्देश पठाउने एउटा सेवाको थालनी गर्दा पनि सँगै उपस्थित भएका थिए। ’शाउट’ नाम दिइएको उक्त अभियानका लागि रोयल फाउन्डेशनको ३० लाख पाउन्ड खर्च भएको छ। उक्त परोपकारी अभियान सञ्चालन गर्ने संस्थाको लागि ’बीबीसी चिल्ड्रेन इन नीड’ले समेत १५ लाख पाउन्ड सहायता प्रदान गरेको छ। बिबिसिबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य लेख