मुलु्कमा बायोमेडिकल ईन्जिनियरिङप्रति महिलाहरुको आकषर्ण बढ्दो छ । यसमा धेरै चुनौति छन् । सेवाका लागि दिनरात भन्न पाइँदैन । कुनै पनि समय तयार भएर बस्नुपर्छ । तापनि महिलाहरुले यो पेशालाई निकै आकर्षक रुपमा रुचाएको पाइन्छ ।
रञ्जु गौडेल बायोमेडिकल इन्जिनियर हुन् । उनले सन् २०१५ मा नेपालको एक मात्र कलेज अफ बायोमेडिकल इन्जिनियरिङ अफ एप्लाइड साइन्सबाट बायोमेडिकल इन्जिनियरिङ कोर्ष सकेपछि यो क्षेत्रमा लनशीलताका साथ काम गरिरहेकी छन् । अहिले उनी नेशनल इलेक्ट्रोटेक प्रा।लि।मा कार्यरत छन् ।
हरेक पटक टेक्नोलोजी अपगे्रेड हुँदै जान्छ । बिरामीका लागि सजिलो र छिटो रुपमा सेवा प्रदान गर्न नयाँ मेसिन अपरेटिङबारे चिकित्सकहरुलाई गाइड गर्नुपर्छ । जतिसक्दो चाँडो बिरामीहरु सामान्य जीवनमा फर्कनुपर्छ भन्ने बायोमेडिक इन्जिनियरिङको मुख्य उद्देश्य हो । मेसिनप्रति चिकित्सकलाई परिचित बनाउने काम बायोमेडिकल इन्जिनियरको हो । रञ्जु भन्छिन्—‘एप्लिकेसन इन्जिनियरिङमार्फत डाक्टरहरुलाई नयाँ टेक्नोलोजीहरुबाट बिरामीलाई कसरी छिटो स्वस्थ्य बनाउन सकिन्छ भन्नेबारे चिकित्सकहरुलाई सहयोग गर्नुपर्छ ।’
बायोमेडिकलअन्तर्गत सर्जिकल, डायग्नोष्टिक, थेरापेटिक लगायतका फरक प्रकारका उपकरण हुन्छन् । मेसिन बिग्रिएको खबर आएमा रातको समय पनि भन्न पाइँदैन । रेस्पोन्सिबल हुनुपर्छ । दुख र चुनौतिलाई अवसरका रुपमा लिनुपर्ने उहाँ बताउनुहुन्छ ।
बिवाहित महिलाका लागि यो क्षेत्र चुनौति भएपनि काम गर्न त्यति गारो नभएको उनीहरु बताउँछन् । परिवारका सदस्यहरु सहयोगी र कुरा बुझ्ने हुनुपर्ने नेशनल इलेक्ट्रोटेकककी अर्की बायोमेडिकल इन्जिनियर सगुन श्रेष्ठको भनाइ छ ।
बायोमेडिकल इन्जिनियरिङ इमर्जिङ सेवा हो । बायोमेडिकल इन्जिनियरले उपकरण र प्रविधिबीच पुलको काम गरेको हुन्छ । उपचारका क्रममा समस्या आएमा समयमा पुगेर समस्या समाधान गर्नुपर्ने नेशनल इलेक्ट्रोटेक प्रा।लि।की बायोमेडिकल इन्जिनियर अस्मिता रेग्मीको भनाइ छ ।
एभिना महर्जन इन्डोस्कोपिक विभागमा सर्भिस र एप्लिकेसन इन्जिनियरका रुपमा काम गरिरहेकी छन् । यो क्षेत्रमा काम गर्न त्यति गारो नभएको र यस क्षेत्रमा आउन मानसिक रुपमा तयार हुनुपर्ने उनको भनाइ छ ।
तथ्यमा आधारित उपचार सेवा प्रदान गर्न बायोमेडिकल इन्जिनियरिङको भूमिका महत्वपूर्ण हुन्छ । बायोमेडिकल इन्जिनियरको टेक्निकल सपोर्टले मात्र बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन डाक्टरहरुलाई मद्धत गर्छ । यसप्रति महिलाहरुको आकर्षले बायोमेडिकल क्षेत्रको भविष्य अझ उज्वल देखिन्छ ।
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
टेक्नोलोजी अफ हेल्थ
१५ मिनेटमै मानिसलाई धुने–सुकाउने मिराइ ह्यूमन वासिङ मेसिनः जापानको भविष्यवादी आविष्कार
बिहीबार, मंसिर १८, २०८२
स्वास्थ्यसेवा बदल्ने सपनाः वंशीराम श्रेष्ठको दृष्टिबाट सुरु भएको यात्रा
सोमबार, जेठ २६, २०८२
अटोइम्युन रोग स्क्रिनिङमा गोल्ड स्टैण्डर्ड भ्यालिडिटेड ‘आईएफए’ प्रविधि
सोमबार, चैत २५, २०८१ट्रेन्डिङ

