सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकास्थित सीतापुरप्रधमा विगत एक सातादेखि फैलिएको पखालाबाट एकको मृत्यु भएको छ भने १५ जना सिकिस्त बिरामी परेका छन् । पखालाबाट लक्ष्मीपुर पतारी गाउँपालिकाको सीतापुरप्रध निवासी ७० वर्षीय मागेन यादवको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।
पखालाबाट सिकिस्त भएका स्थानीय ३० वर्षीया मलुकी देवी, १९ वर्षीया नितुकुमारी यादव, १० वर्षीया सन्तोषीकुमारी यादव, ३४ वर्षीय कुमारीदेवी तिवारी, ३६ वर्षीया घुस्कीदेवी सदाय, लखन यादव, किशोरी राय र २ वर्षीय छोरी सिवानी रायको चिकित्सकको निगरानीमा उपचार भइरहेको र उहाँहरुको अवस्था सामान्य रहेको प्रमुख डा चुमनलाल दासले बताउनुभयो । रासस
प्रकाशित मिति: बुधबार, असार १४, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
