नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फको ५७ सदस्यीय सूचीमा स्वास्थ्य क्षेत्रका केही व्यक्तिहरू पनि समेटिएका छन्। उक्त सूचीमा दुई जना चिकित्सक र एक जना नर्स समावेश भएका हुन्।
सूचीमा परेका चिकित्सकहरूमा डा. ओजस्वी शेरचन र डा. अंकिता ठाकुर रहेका छन्। शेरचन यसअघि नेपाल मेडिकल कलेजमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत थिइन्। अर्की चिकित्सक डा. ठाकुर दन्त चिकित्सकको रूपमा काम गर्दै आएकी छन्।
त्यस्तै, नर्स प्रभा ढकाल पनि समानुपातिक सूचीमा समावेश भएकी छन्। उनले भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा अपरेशन थिएटर नर्सका रूपमा काम गरेको अनुभव रहेको बताइएको छ। यससँगै नर्स खिमा विक र समिना मिया पनि समानुपातिक सूचीमा परेका छन्।
तर, सूचीमा नाम समावेश भए पनि डा. मनोहर प्रधान, डा. रुपक घिमिरे, डा. रञ्जित परियार र डा. अंकिता ठाकुर भने अन्ततः समानुपातिक सांसद बन्ने सूचीमा परेनन्।
चिकित्सकमाथि कुटपिट गर्ने दोषीलाई तत्काल कारबाही गर्न चिकित्सक संघको माग
शुक्रबार, असोज २, २०८३
काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
शुक्रबार, असोज २, २०८३
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३

