फ्याट ग्राफ्टिङलाई सामान्य भाषामा बोसो प्रत्यारोपण भन्ने बुझिन्छ । यस प्रक्रियामा आफ्नो शरीरको बोसो निकालेर प्रशोधन गरी आफ्नै शरीरका आवश्यक परेका अन्य भागहरुमा फ्याट ग्राफ्टिङ गरिन्छ । यो सौन्दर्य सम्बन्धि तथा अन्य विभिन्न उपचारहरुमा प्रयोग हुँदै आएको छ ।
सौन्दर्यमा फ्याट ग्राफ्टिङ
खासगरी फ्याट ग्राफ्टिङ डण्डिफोरका कारण भएका खाल्टाखुल्टीको उपचारमा, उमेरसँगै अनुहार सुक्दै गएर देखिने खोपिल्टाहरु, सुकेका गाला, आँखामुनिका डार्क सर्कल, नाकदेखि खाने मुखसम्म परेका रेखी, सुकेका गाला र कन्चटको भाग बोंसोले भर्न, पूरा अनुहार भर्न र शरीरमा जलेर बसेको खत (स्कार) मा प्रयोग गरिन्छ । बोसो छालाको तेस्रो सतह हो । यसले छाला र मांशपेशीलाई टेवा दिएर छाला टनक्क देखिन मद्धत गर्छ र फ्याट ग्राफ्टिङले झोलिएको छाला तन्किन्छ । यसलाई विना शल्यक्रिया गरिने फेस लिफ्ट पनि भन्न सकिन्छ । फेस लिफ्ट भनेको छाला काटेर फेरि सिलाउने हो भने यस प्रक्रिया अन्तर्गत खाली भएको भागमा बोसो हालेर उमेरसँगै सुकेको बोसो र छालाको भाग विना शल्यक्रिया रि—स्ट्याब्लिस गरिन्छ ।
यस्तो उपचार विधि पूरै अनुहारको सौन्दर्यमा प्रयोग गर्न सकिन्छ । यसरी बोंसो निकाल्दा थोरै मात्र फ्याट प्रयोग हुने गर्छ । मोटोपना घटाउँदा गरिने लाइपोसक्सनमा जस्तो करिब १ देखि ३ लिटर बोसो निकाल्न नपर्ने हुनाले फ्याट ग्राफ्टिङ नितान्त सेफ र जोखिमरहित उपचार हो । तर यसका लागि दक्ष र तालिम प्राप्त चिकित्ससँग उपचार सेवा लिनु जरुरी पर्छ । फ्याट ग्राफ्टिङ एकपटक राखेपछि न्युनतम् पनि १ देखि २ वर्षसम्म बस्छ भने कुनै अवस्थामा १० वर्षसम्म टिकेका धेरै उदाहरणहरु पनि छन् । पि.आर.पी.ले फ्याट ग्राफ्टको उपचार लामो समय दीर्घजीवी बनाउन सहयोग गर्छ ।
स्टेम सेल थेरापी र उपचार
इम्युन सिस्टम (रोग प्रतिरोधक प्रणाली) मा सबभन्दा शक्तिशाली अंगको रुपमा बोसो स्थापित भएको छ । ज्वरो आउंदा, घाउ हुँदा वा बिरामी पर्दा रोगसँग लडेर हामीलाई बचाउने रोग प्रतिरोधक तत्वहरु बोसोमा एकदमै उच्च हुने पाइएको छ । कुर्कुरे हड्डी भन्दा बोंसोमा करिब एक हजार गुणा बढी प्रतिरोधात्मक रसायन पाइएको छ । त्यसैले स्टेम सेल थेरापीमा बोसो विश्वव्यापी रुपमा प्रयोगमा आइरहेको छ । पि.आर.पी.(प्लेटलेट्स रिच प्लाज्मा) तथा बोसो सँगै मिसाएर अनुहारबाहेक नसाको कमजोरी, हड्डी खिइएको भाग, स्पाइनल इन्जुरी रिकभरी गर्न, बच्चा नपाएर बसेका महिलाहरुलाई गर्भ धारण गर्न मद्धत गर्ने पत्ता लागिसकेको छ । यसबाहेक मधुमेह लगायत विभिन्न रोगको उपचारका लागि स्टेम सेल थेरापी प्रयोग गरिन्छ ।
पि.आर.पी थेरापी के हो र किन लिने ?
रगतबाट प्लेटलेट प्लाज्मा छुट्याएर समस्याग्रस्त भागमा प्रयोग गर्ने प्रविधिलाई प्लेटलेट्स रिच प्लाज्मा (पि.आर.पी.) थेरापी भनिन्छ । प्लेटलेट तीनथरी रगतमध्ये एक हो । रगतका कोषिकाहरुबाट प्लेटलेट्स छुट्याएर इन्जेक्सनबाट पि.आर.पी. थेरापी गरिन्छ ।
पि.आर.पी. किन लोकप्रीय छ ?
रगतको प्लेटलेट्स कोषिकाभित्र २० थरी भन्दा बढी ग्रोथ फ्याक्टरहरु हुन्छन् । यसमा बढ्न र घाउ निको पार्न अद्धितिय तत्वहरु र छालाको प्रवर्दन गर्ने अनगिन्ती कोषिका र रसायन हुन्छन् । यसको प्रयोजन छाला र कपालका लागि एकदमै राम्रो मानिन्छ । महिनाको एक चोटि चारपटक सम्म गरेमा कपाल र छालामा राम्रो उपलब्धी देख्न सकिन्छ । । यसका लागि १० देखि ३० मिलिलिटर (एमएल) सम्म रगत निकाल्नुपर्छ, जसमध्य प्रशोधन पछि ३ मिलिलिटर पहेँलो रगत बन्छ । पोतो, डण्डिफोरको खत, तालुपना, कपाल झर्ने समस्या, चायाँ, अनुहार चम्किलो बनाउने, हेयर ट्रान्सप्लान्ट आदिमा यो पद्दति प्रभावकारी मानिन्छ ।
यसको कुनै नकारात्मक असर छ ?
पि.आर.पी. थेरापी नितान्त सुरक्षित छ । यो आफ्नै रगतबाट बन्ने हुनाले शत्प्रतिशत सुरक्षित छ । कुनै जोखिम छैन । पि.आर.पी. थेरापी गरेका व्यक्तिहरुले खानपान र जीवनशैलीमा पथपरहेज गर्न जरुरी हुँदैन । सामान्य जीवनयापन गर्न सकिन्छ ।(डा. श्रेष्ठ काठमाडौं विश्वविद्यालयमा असिस्टेन्ट प्रोफेसर हुनुहुन्छ ।)
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
डा. उज्ज्वललाई २३ प्रश्न
आइतबार, माघ २५, २०८२
नेपालमा रोबोटिक सर्जरीको उदय
शुक्रबार, माघ २३, २०८२
१५ मिनेटमै मानिसलाई धुने–सुकाउने मिराइ ह्यूमन वासिङ मेसिनः जापानको भविष्यवादी आविष्कार
बिहीबार, मंसिर १८, २०८२
स्वास्थ्यसेवा बदल्ने सपनाः वंशीराम श्रेष्ठको दृष्टिबाट सुरु भएको यात्रा
सोमबार, जेठ २६, २०८२ट्रेन्डिङ

