कोभिड–१९ को महामारीले फेस मास्कलाई प्रत्येक दिनको आवश्यकता बनाएसँगै जापानको स्टार्टअप डोनट रोबोटिक्सले यसको अवसरको सदुपयोग गरेको छ । यो कम्पनीले स्मार्ट मास्क बनाएको छ ।
यो मास्क कोरोनाभाइरसबाट सुरक्षा प्रदान गर्ने मात्रै होइन संवाद पनि गर्छ र सामाजिक दुरीलाई सहजै पालना गर्न सहयोग गर्छ । एक एपको संयोजनमा सी–फेस मास्कले बोलीको नक्कल गर्न, प्रयोगकर्ताको आवाजलाई ठूलो पार्न र मानिसले उच्चारण गरेको शब्दलाई विभिन्न ८ भाषामा अनुवाद समेत गर्न सक्छ ।अगाडिपट्टिको कटआउट स्वासप्रश्वासका लागि महत्वपूर्ण रहेको छ । यसले कोरोनाभाइरस बिरुद्धको.सुरक्षाका लागि त्यती कसरत गर्नु आवश्यक छैन । यो एक स्तरिय फेस मास्क भएको डोनट रोबोटिक्सका सीईओ टाइसुके ओनोले बताए । सेतो प्लास्टिक र सिलिकनबाट बनाइएको यो मास्कमा माइक्रोफोन राखिएको छ । जसले मास्क लगाउनेको स्मार्टफोनमा ब्लूतुथको माध्यमबाट सम्पर्क स्थापित गर्छ । यो व्यवस्थाले जापानी भाषलाई चिनियाँ, कोरियन, भियतनामी, इन्डोनेसियाली, अंग्रेजी, स्पेनिस र फ्रेन्च भाषामा अनुवाद गर्छ ।
डोनट रोबोटिक्सले सुरुमा सिनामोन नामको रोबोटका लागि अनुवाद सफ्टवेयरको विकास गरेको थियो । तर, जब महामारी पैmलियो उक्त रोबोटको प्रोजेक्टलाई रोकियो । इन्जिनियरहरुको टोलीले यो सफ्टवेयरलाई फेस मास्कका लागि प्रयोग गर्ने विचार गरेपछि उक्त योजनालाई रोकिएको हो । एजेन्सी
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
लुम्बिनी प्राविधिक विश्वविद्यालय पूर्वाधार अभावको चक्रमा
सोमबार, जेठ १८, २०८३
ओम सर्जिकल कन्सर्नलाई मेडिका कर्पोरेसन अमेरिकाको सम्मान
बिहीबार, वैशाख १७, २०८३
२५ वर्षको विश्वासः स्वास्थ्य प्रविधिमा ‘वेब ट्रेडिङ’को यात्रा
आइतबार, चैत २२, २०८२ट्रेन्डिङ


