जनस्वास्थ्य सरोकार, धरान । बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरस संक्रमित बिरामीका लागि प्लाज्मा थेरापी सुरु गरिएको छ। प्रतिष्ठानको कोभिड अस्पतालमा चिकित्सकले सोमबार राति धरानमा पहिलो पटक बिरामीलाई प्लाज्मा थेरापी गरेका हुन्।
कोभिड अस्पतालमा भर्ना भएका धरान ८ का ६७ वर्षीय पुरुषलाई प्लाज्मा थेरापी गरिएको प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा. संजिवकुमार शर्माले जानकारी दिएका छन्। कोरोना भाइरस लागेर निको भएका मोरङको सुन्दर हरैचा नगरपालिकाका एक युवाले प्लाज्मा दान गरेपछि संक्रमित वृद्धलाई प्लाज्मा चढाइएको डा शर्माले बताए।
प्लाज्मा थेरापी गर्न कोरोना संक्रमित भएर निको भएका व्यक्तिको मात्र रगत आवश्यक पर्दछ। कोरोना निको भएका व्यक्तिको शरीरमा भाइरससँग लड्न एन्टिबडी उत्पादन भएको हुनाले प्लाज्मा छुट्याएर संक्रमित बिरामीलाई प्लाज्मा चढाइएको डा. शर्माले बताए। संक्रमित भएर निको भएका व्यक्तिको शरीरमा बनेको एन्टिबडी प्लाज्मा चढाउँदा कोरोना भाइरसलाई मार्ने र संक्रमित व्यक्ति निको हुने डा. शर्माले बताए। उनले कोरोना जितेर घर फर्किएकालाई आफ्नो प्लाज्मा दान गरी अन्य बिरामीको जीवन रक्षा गर्न सबैमा अनुरोध गरेका छन्।
कोरोना संक्रमण देखा परी शरीरसँग लड्ने क्षमता कम भएका बिरामीलाई प्लाज्मा थेरापी गर्दा निको पार्न सहज हुने भएकाले प्रतिष्ठानको सम्पर्कमा आएर प्लाज्मा दान गर्न डा. शर्माले सबैमा आह्वान गरेका छन्। यसअघि विराट नर्सिङ होमका संचालक डा. ज्ञानेन्द्र गिरीलाई पनि प्लाज्मा थेरामी गरिएको थियो। उनी हाल कोरोनामुक्त भएका छन्।
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
ओम सर्जिकल कन्सर्नलाई मेडिका कर्पोरेसन अमेरिकाको सम्मान
बिहीबार, वैशाख १७, २०८३
२५ वर्षको विश्वासः स्वास्थ्य प्रविधिमा ‘वेब ट्रेडिङ’को यात्रा
आइतबार, चैत २२, २०८२
डा. उज्ज्वललाई २३ प्रश्न
आइतबार, माघ २५, २०८२
नेपालमा रोबोटिक सर्जरीको उदय
शुक्रबार, माघ २३, २०८२ट्रेन्डिङ


