
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले सातै प्रदेशमा पारासिटामोल औषधि पठाएको छ।
पछिल्लो केही दिनयता बजारमा पारासिटामोलको अभाव देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा पारासिटामोल पठाएको हो। मन्त्रालयले केन्द्रीय मेडिकल स्टोर पथलैयाबाट प्रादेशिक स्टोरहरुमा पारासिटामोल पाँच सय एमजीका ट्याब्लेट वितरण गरेको हो।
मन्त्रालयकाअनुसार मन्त्रायले सातै प्रदेशमा १ करोड ३३ लाख ४२ हजार ट्याब्लेट पारासिटामोल पठाएको हो। प्रदेशहरुमा पठाइएको बाहेक अझै सरकारसँग ११ लाख ५८ हजार ट्याब्लेट पारासिटामोल स्टकमा रहेको मन्त्रालयले जनाएको छ।
पारासिटामोल कुन प्रदेशमा कति पठाइयो ?
प्रदेश १ स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा २७ लाख ६४ हजार
मधेश प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनुषामा २१ लाख ३० हजार
बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडामा १० लाख ९८ हजार
गण्डकी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरामा १८ लाख
लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलमा २७ लाख ३० हजार
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र नेपालगञ्जमा (कर्णाली प्रदेशका) लागि १० लाख २० हजार
सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा १८ लाख
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
बिहीबार, कात्तिक १२, २०८३
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
