झापाका बाढीपीडितमा छाला र श्वासप्रश्वाससम्बन्धी धेरै स्वास्थ्य समस्या रहेको पाइएको छ ।
बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा अधिकांश बाढीपीडितमा छाला, श्वासप्रश्वास र ज्वरो आउने स्वास्थ्य समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रम अधिकृत पौडेलका अनुसार दुई हजार ४७८ जना बाढीपीडितको स्वास्थ्य परीक्षण गरिएको छ । ‘अधिकांशमा छाला, श्वासप्रश्वासका कारण थाहा हुन नसकेको ज्वरोको समस्या देखिएको छ’, उहाँले भन्नुभयो, “स्वास्थ्य परीक्षणसँगै औषधि वितरण गरेका छौँ ।”
आम्दा अस्पताल दमक, नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाले विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गरेको छ । झापा गाउँपालिकाको चार स्थान, कचनकवलको दुई, गौरीगञ्जको एक, बाह्रदशीको एक, गौरा दह नगरपालिकाको दुई र शिवसताक्षी नगरपालिकाको एक स्थानमा शिविर सञ्चालन गरिसकेको जनस्वास्थ्य झापाले जनाएको छ ।
महामारी नियन्त्रणमा आइसकेकाले भोलि (बिहीबार)सम्म मात्र स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम अधिकृत पौडेलले बताउनुभयो । रासस
प्रकाशित मिति: बुधबार, भदौ ७, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
