
रञ्जित नेपाल न्युट्रास्युटिकल कस्मास्युटिकल एसोसिएसन (एनएनसिए) को अध्यक्ष हुनुहुन्छ । हाल न्युट्राकिङ फर्मुलेसन र टाटाललना इन्टरप्राइजेजको प्रबन्ध निर्देशक हुनुहुन्छ । उहाँको करियर एमआरबाट शुरू भएको हो । २०५७ सालतिर रञ्जित भारतको बैङ्गोरस्थित एङ्लो फ्रेन्च ड्रग उद्योगमा एमआर हुनुहुन्थ्यो । बि.सं. २०५९ सालमा नेपालका लागि ट्रान्सफर हुनुुभयो । नेपालमा काठमाडौ, पोखरा, चितवन लगायतका क्षेत्र हेर्नुहुन्थ्यो । बि.सं. २०६१ सालसम्म एमआर भएर काम गर्नुभयो । त्यसपछि प्रोमोसन भएर कन्ट्री म्यानेजरको पोष्ट पाउनुभयो । उहाँ कामप्रति वफादार र मिलनसार हुनुहुन्छ । जागिर गर्दै जाँदा उहाँमा आफैं केही गरौं भन्ने सोच पलायो र सन् २०१० देखि नेपालमा न्युट्रिस्युटिकल्स व्यवसाय सुरू गर्नुभयो । अहिले राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ वैशाख २३ गते प्रमाणीकरण गर्नुभएको छ । सो विधेयक २०८० चैत २१ गते प्रतिनिधिसभाको वहुमतले पारित गरी राष्ट्रपतिसमक्ष पेश गरिएको थियो । राष्ट्रपटिबाट प्रमाणिकरण भएको मितिले नियमावली बनाएर ९१ औँ दिनदेखि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८० का रूपमा कार्यान्वयनमा आउने छ । यो सँगै आहारपूरक, न्युट्रास्युटिकल, प्रोपाइटरीलगायतका खाद्य पदार्थको नियमन गर्ने, खाद्य स्वच्छता व्यवस्थापन प्रणालीको विकास गर्ने तथा खाद्य पदार्थ सम्बन्धि मापदण्ड निर्धारण गर्ने जिम्मेवारी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भएको छ । न्युट्रास्युटिकल्समा पहिचान बनाएका रञ्तिको कथा उहाँको आफ्नै शव्दमा ।
त्यतिबेला न्युट्रास्युटिकल्स दर्ता हुने निकाय थिएन । भन्सार विभागमा भ्याट तिरेर सिधै ल्याइन्थ्यो र डाक्टरको सिफासिरमा बिक्री गरिन्थ्यो । कतिपय न्युट्रास्युटिकल ट्याबलेट र क्याप्सुल रुपमा आउने भएकाले औषधि जस्तै देखिएपनि काम छुट्टै गर्छ । औषधि व्यवसायमा काम गर्दा औषधोपचार गरेर रोग निको पार्नु ठूलो कुरा जस्तो लाग्थ्यो । तर अहिले न्युट्रास्युटिकल व्यवसाय सुरु गरेयता रोग लागेर उपचार गराउनुभन्दा रोग नै लाग्न नदिनु उत्तम उपाय जस्तो लाग्छ । नेपालमा कोराना महामारी र डेङ्गु फैलदा औषधि थिएन । रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने र पौष्टिक आहारयुक्त खानेकुरा खाएर रोगसँग लड्ने क्षमता बढाउनुबाहेक विकल्प थिएन । न्युट्रास्युटिकल शरीरको रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउने आहारपूरक खाद्य हो ।
छानेर खरीद गर्न सक्ने वातावरण हुनुपर्छ
विदेशतिर फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले सबै हेर्ने गर्छ । फार्मेसी पसलमा कस्मास्युटिकल र न्युट्रास्युटिकलका सामान छुट्टा छुट्टै ¥याकमा राखिएको हुन्छ । आफूलाई मन पर्ने कम्पनीको क्रिम, सन–प्रोटेक्सन खरिद गर्न सकिन्छ । न्युट्रास्युटिकल र कस्मास्युटिकलका उत्पादनहरू उपभोक्ताले छानीछानी खरिद गर्न सक्छन् । तर नेपालमा औषधि, फुड, र कस्मास्युटिकल्स हेर्ने निकाय छुट्टा छुट्टै छ । यसले समस्या सिर्जना गरेको छ । । आम उपभोक्ताहरूले न्युट्रास्युटिकल र कस्मास्युटिकल छानेर लिन सक्ने व्यवस्था गर्नुपर्छ ।
इम्युनिटी बुस्ट गर्न चिकित्सकको सिफारिस
विकसित मुलुकमा न्युट्रास्युटिकलको व्यापार ४ सय गुणाले बढेको छ । यो अधिकांशले प्रयोग गर्छन् । नेपालको सन्दर्भमा न्युट्रास्युटिकल भर्खरै आएको हो । नेपाली आम–उपभोक्तालाई त्यति ज्ञान छैन । चिकित्सकले बिरामी हुनाको कारण पहिचान गरेर निकट भविष्यमा पुनः बिरामी नहोस् भनेर एक दुइ महिनाका लागि न्युट्रास्युटिकल प्रेस्क्राइब गर्ने गरेका छन् । कतिपय न्युट्रस्युटिकल्स रोगको उपचारसँगै दिइन्छ । मिर्गौला, क्यान्सरका बिरामीहरुको कपाल झर्ने, जलन, कमजोरीपना, शरीर सुकेर जाने इत्यादि जटिल समस्या देखिन सक्छ । बिरामीको शरीरलाई चाहिने जति पौष्टिक तत्व दाल, भात, तरकारी र मासुले मात्र पुग्दैन । यस्तो अवस्थामा न्युन्ट्रास्युटिकलले आहारपूरक खाद्यको पूर्ति गर्दछ । बिरामीलाई स्वस्थ राख्न सहयोग गर्छ । बिरामीको इम्युनिटी बुस्ट गर्न चिकित्सकहरूले सिफारिस गर्छन् ।
गुणस्तरीय भएपछि मात्र भन्सार पास हुन्छ
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता हुने व्यवस्था नहुनेबेलासम्म त्यति कडाइ थिएन । बि.सं.२०७२ सालमा विभागले दर्ता प्रक्रिया शुरू गर्यो। भन्सार विभागमा चेकिङसुरू हुन थाल्यो । २०७४ सालपछि चेकिङमा कडाइ भएको पाइन्छ । नेपाल सरकारको तर्फबाट न्युट्रास्युटिकल आयात गर्नेबेला नै भन्सार विभागमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर जाँच गर्छ । प्रमाणपत्रमा उल्लेख भएबमोजिम गुणस्तर पाइएमा मात्र सामान नेपाल भित्रिन्छ । गुणस्तरहीन सामान ल्याइएको अवस्थामा भन्सार पास हुन पाउँदैन । खाद्य सुरक्षा ऐन २०८० आएपछि गुणस्तरमा झनै कडाइ हुन्छ ।
उद्देश्य खुलाएर छुट्टा छुट्टै तरिकाले डिस्प्ले गरेर बेच्ने

नेपालको सन्दर्भमा फर्मास्युटिकल्स, कस्मास्युटिकल्स र न्युट्रास्युटिकल्स एउटै डिस्प्लेमा राखेर विक्री वितरण गरेको पाइन्छ । यसले समस्या सिर्जना गरेको छ । यसमा औषधि व्यवस्था विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभाग, उत्पादक कम्पनी, आयातकर्ता कसैको पनि गल्ती देख्दिनँ । औषधि पसलबाट न्युट्रास्युटिकल्स, कस्मास्युटिकल्स र सर्जिकल सामान बेच्न चाहने व्यवसायीहरूले वाणिज्य विभाग, स्थानीय सरकार र वडा कार्यलयमा उद्देश्य खुलाएर छुट्टा छुट्टै तरिकाले डिस्प्ले गरेर बेच्न सक्छन् ।
फार्मेसी पसललाई व्यवस्थित बनाउन जरूरी
औषधि व्यवस्था विभागले नियमित औषधिको अनुगमन गरिरहेको छ । विभागले न्युट्रास्युटिकललाई हस्तक्षेप गरेको छैन । एउटै ठाउँमा औषधि, न्युट्रास्युटिकल्स र कस्मास्युटिकल मिसाएर नबेच्न पटक पटक अनुरोध गरेको छ । फार्मेसी पसललाई व्यवस्थित बनाउन जरूरी छ
व्यवस्थित हुने कुरामा पूर्ण विश्वास
न्युट्रास्युटिकलको क्षेत्रमा त्यति समस्या देख्दिनँ । बितेका दिनमा औषधि व्यवस्था विभागले फार्मेसी पसलहरूमा न्युट्रास्युटिकल्स बिक्री वितरण गर्न नदिने कुरा चलेको थियो । अन्य क्षेत्रबाट कुनै समस्या छैन । हामीले बि.सं.२०७२ सालदेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता गरेर न्युट्रस्युटिकल्सको व्यवसाय गरिरहेका छौँ । अहिले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०८० चैत २१ गते प्रतिनिधिसभाको वहुमतले पारित गरिसकेकाले अझ व्यवस्थित हुने कुरामा पूर्ण विश्वस्त छौं ।
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
