नेपाल हेल्थ न्युज, काठमाडौं । आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४ का दिन विश्वभर विश्व क्षयरोग दिन मनाइन्छ । नेपालमा प्रति एक लाखमा २२७ जना क्षयरोगी रहेका छन् । १६हजारको क्षयरोगका कारण मृत्यु हुने गरेको छ । ४२ प्रतिशत बिरामी उपचारको पहुँचमा आउन सकेका छ्र्रैनन् । यसको बावजदूत पनि ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मुल नाराका साथ नेपालमा यो दिवस संघ प्रदेश र स्थानीय सबै तहमा मनाइँदैछ । यस नाराले राष्ट्रिय अभियान, साझा जिम्मेवारी र जनसहभागिताको महत्वलाई स्पष्ट रुपमा उजागर गर्दछ ।
नेपालमा क्षयरोग अझै पनि प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ यो संक्राम रोग हो जसले हरेक वर्ष हजारौं मानिसलाई प्रभावित पारिरहेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२४ मा नेपालमा अनुमानित ६७ हजार नयाँ क्षयरोगी बिरामी रहेका छन् जसको दर प्रति एक लाख जनसंख्यामा २२७ रहेको छ । साथै नेपालमा हरेक वर्ष क्षयरोगका कारण १६ हजारको मृत्यु हुने अनुमान गरिएको छ जसको मृत्यदर प्रति एक लाखमा ५३ रहेको छ ।
नेपालले पछिल्ला वर्षहरुमा क्षयरोग नियन्त्रणमा उल्लेखनीय प्रगति हाँसिल गरेको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. भुवन पौडेल बनाउनुहुन्छ । देशभरका ६ हजार २ सय ४१ स्वास्थ्य संस्थामा क्षयरोग उपचार सेवा उपलब्ध छ भने ७ सय ८५ संस्थामा निर्दिष्ट माइक्रोस्कोपी सेवा र १ सय ४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क रुपमा सञ्चालनमा छन् । साथै औषधि प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा रहेका छन् । १ सय ४९ स्थानीय तहमा क्षयरोग मुक्त नेपाल अभियान विस्ता गरिएको र एआई जडित ९ डिजिटल एक्सरेमार्फत समुदायस्तरमा सक्रिय बिरामी खोजी कार्य निरन्तर रुपमा भइरहेको निर्देशक डा.पौडेलको भनाइ छ ।
गत वर्ष राष्ट्रिय क्षयरोग केन्द्रले ३९ हजार एक सय ५१ जना क्षयरोग पहिचान गरी उपचार गरेकामध्ये ३९ प्रतिशत महिला, ६१ प्रतिशत पुरुष र ५.६ प्रतिशत १५ वर्ष मुनिका बालबालिका रहेका छन । उपचारमा रहेकामध्ये ७२ प्रतिशत फोक्सो र २८ प्रतिशत अन्य अंगमा हुने क्षयरोग रहेको छ ।
अझैपनि हामी माझ चुनौतिहरु विद्यमान छन् । अनुमानित ४२ प्रतिशत बिरामी उपचारको पहुँचमा आउन सकेका छैनन् । साथै ५१ प्रति प्रतिशत बिरामी र तिनका परिवारले आर्थिक भार व्यहोर्नुपरिरहेको छ भने लाञ्छाना र सामाजिक भेदाभावले पनि समस्या जटिल बनाएको छ । त्यसैगरी पर्याप्त स्रोत साधनको अभाव पनि अर्को प्रमुख समस्या रहेको निर्देशक डां पौडेलको भनाइ छ । उहाँले नेपालबाट क्षयरोग अन्त्य गर्न संघ प्रदेश तथा स्थानीय तह, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज, स्वास्थ्यकर्मी, सञ्चारमाध्यम र सम्पूर्ण समुदायलाई सक्रिय सहकार्यका लागि आव्हान गर्नुभएको छ ।
आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३
‘लेट्स ब्रेक इट’ अभियानः २०३० सम्म हेपाटाइटिस सी उन्मूलनको लक्ष्यमा नेपाल-डा. सर्वेश शर्मा
मंगलबार, साउन १२, २०८३


