नेपाल हेल्थ न्युज, बीरगञ्ज । नेपाल खाद्य, न्युट्रास्युटिकल तथा कस्मास्युटिकल संघ (फ्यानक्यान ) को मधेश प्रदेशका ३ जना पदाधिकारीहरुले आफ्नो पदबाट राजिनामा दिएका छन् ।

आफ्नो मनमानी तथा संस्थाको पैसालाई दुरूपयोग गरी संस्थाका सबै सदस्यहरुको पैसा र भावनाको कदर नगरी अगाडी बढेको भन्दै फ्यानक्यानका मधेश प्रदेशका सहसचिव आशिष श्रीवास्तव, सहकोषाध्यक्ष भूपेन्द्र विक्रम शाह र समिति सदस्य रामबाबु यादवले राजिनामा दिनुभएको हो ।
गत असार १ गते बीरगञ्जमा सम्पन्न अधिवेशनले शिवजी यादवको अध्यक्षमा फ्यानक्यान मधेश प्रदेशको नयाँ कार्य समिति चयन गरेको थियो । उहाँहरुको राजिनामा स्वीकृत भइसकेको छ । फ्यानक्यानका केन्द्रीय पदाधिकारीहरुमा मनमुटाव बढ्दो छ ।

राजीनामा पत्र
नमस्कार
हाम्रो गौरवशाली संस्था फ्याँक्न मा हामी समावेश हुँदा आफूलाई भाग्यशाली मानेका थियौं र संस्था लाई अगाडी बढाउन को लागि कार्य पनि गरियो तर यस संस्था का प्रदेश २ समिति का केही पदधीकारीले (Vital Post) संस्था मा आफ्नो मनमानी तथा संस्था को पैसा लाई दुरूपयोग गरी संस्था का सबै सदस्य हरु को पैसा र भावना को कदर नगरी अगाडी बढ्दै छन र दुई चार सदस्य को मीलो मतो पनि छ र केही सदस्य न्युट्रल छन् जुन कि नाता निभाउन आएका छन् जुन कि हामी केही समितिका सदस्य executive Body लाई स्वीकार्य छैन र आउने दिनमा हुने पनि छैन किन भने हामी संस्थामा नाता निभाउन हैन कि संस्थालाई अगाडी बढाउन आएको हो र सही कुरा भन्दा सही लाई गलतमा परिणत गर्ने को लागि पनि पछि परिरहेका छन र यस्तो समितिमा बसेर यस्तो क्रियाकलाप हेर्न सकिंदैन । त्यसैले हामी यस समितिको पदबाट आजैदेखि राजीनामा दिँदै छौ । धन्यवाद ।
आशिष श्रीवास्तव (सचिव)
भूपेन्द्र विक्रम शाह (सह कोषाध्यक्ष)
राम बाबु यादव (समिति सदस्य)
नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित
सोमबार, असार १, २०८३
जनकपुरमा आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन अक्टोबर २–३ मा हुने
आइतबार, जेठ ३१, २०८३


