मुटुरोग विश्वव्यापी रुपमा महामारीको रुपमा बढेकोका छ । मुटुरोगबाट बच्ने र रोकथामतिर अग्रसर हुने एक मात्र प्रभावकारी उपाय जनचेतना हो जुन पश्चिमा विकसित राष्ट्रहरुले प्रमाणित गरिसकेका छन् ।
पश्चिमी देशहरुमा घटिरहेको हृदयघात नेपाल जस्ता विकासोन्मुख देशहरुमा बढिरहेको छ । त्यसैले यसबारे सचेत गराउन सञ्चार जगतको ठूलो भूमिका हुन्छ ।
मुटुरोगका कारक तत्व
-चुरोट सेवन गर्ने
-धेरै शारीरिक तौल
- ब्यायाम नगर्ने
- उच्च रक्तचाप नियन्त्रण नगर्ने
- मधुमेह नियन्त्रण नगर्ने
- अनावश्यक तनाव लिने
- डिप्रेशन
- रगतमा बढ्दो ट्राइग्लिसेराइड र कोलेस्टेरोल
- फलफूल नखाने आदि ।
मुटु रोगलाई न्यूनिकरण गर्न प्रायः फलफूल र ओखर खानुपर्छ । रेडिमेड र जंकफूडजस्ता खाना स्वास्थ्यका लागि राम्रो हुँदैन । स्वस्थ्य जीवनशैलीका साथै बेलाबेलामा आफ्नो स्वास्थ्य परीक्षण गर्नाले सम्भावित मुटुको खतराबाट जोगिन सकिन्छ । ब्ल्डप्रेसर, सुगर, शारीरिक तौल, कोलेस्टेरोल नियन्त्रणमा राख्नुपर्छ ।
विश्व मुटु दिवसमा वल्र्ड हार्ट फेडेरेसनले मुटु जोगाउने विभिन्न नारा तय गरेको हुन्छ । सन् २०१७ मा ‘स्वस्थ जीवनशैलीका अनुभव बाँडौ’ भन्ने नाराका साथ विश्व मुटु दिवस मनाइएको छ ।
मुट स्वस्थ्य राख्न मैले के काम गरेँ ? के गर्दा मलाई त्यो शक्ति प्राप्त भयो ? मैले मुटुरोगलाई कसरी कम गर्न सकेँ ? जुनशक्तिले गर्दा संसारभर मुटु रोगको सम्भावना घटाउन सक्ने तथ्य प्रमाणित भइसकेको छ ।
स—साना कुरामा ध्यान पु¥याउन सकेको अवस्थामा मुट स्वास्थ्यमा ठूलो परिवर्तन ल्याउन सकिने प्रमाणित भइसकेको छ । मुटुमा समस्या ल्याउने कारक तत्वलाई हामी आफै नियन्त्रण गर्न सकेको अवस्थामा धेरै हदसम्म यसबाट बच्न सकिन्छ । मुटुले ठूलो शक्ति प्रदान गरेको छ । त्यसैले यति ठूलो शक्ति गुमाउन हुँदैन । यस्ता महत्वपूर्ण कुराको सबैले आ—आफ्नो क्षेत्रबाट अनुभव बाड्न जरुरी हुन्छ ।
व्यक्ति, घरपरिबार र समाजबाट यो रोग घटाउनुपर्छ । अहिले विश्वमा प्रतिवर्ष ७.५ मिलियन मुटुको समस्याका कारण ज्यान गइरहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । यहि अनुपातमा बृद्धि हुँदै गएमा मुटुको समस्याले सन् २०३० सम्म प्रति वर्ष करिब ३ करोडको ज्यान जानसक्ने खतरा औंल्याइएको छ ।
मुटुका लागि चिनी हानिकारक
बोसोयुक्त माछामासुदेखि अत्यधिक चिल्लो पदार्थ सेवनले मुटुलाई हानी गर्ने प्रमाणित भइसक्दा पनि हृदयघात बढ्दै गएपछि धनि, मध्यम र गरिब राष्ट्रहरुमा गरिएको ‘प्योर’ स्टडीले मुटु स्वास्थ्यका लागि चिनी हानिकारक सावित भएको छ । चिनीमा अत्यधिक कार्वोहाइड्रेट प्राप्त हुन्छ । यसले मोटोपनामा बृद्धि गर्छ । मोटोपना मुटु स्वास्थ्यका लागि राम्रो मानिदैन । त्यसैले चिल्लो र कार्वोहाइडे«टको उपभोगमा नियन्त्रण गर्नुपर्छ ।
वंशाणुगत कारण हाम्रो पहुँच भन्दा बाहिर छ । तर जीवनशैलीलाई नियन्त्रण गर्न सकिन्छ । परिवारमा मुटुरोग नहुनेको भन्दा मुटुरोग देखिएको परिवारमा मुटुको समस्या बढी हुने संभावना हुन्छ । त्यसैले आफ्नो परिवारमा मुटुरोगी भएमा शुरुदेखि नै होसियार हुनुपर्छ । यसका साथै जीवनशैलीअन्तर्गत वजन ठिक राख्ने, ब्यायाम गर्ने, चिल्लो गुलियो नखाने, माछामासु कम गर्ने, अत्यधिक रक्सीको सेवन र धुम्रपान नगर्ने आदि ।
विगतमा मुटुरोग उमेर ढल्किएका ब्यक्तिलाई हुने गर्दथ्यो । अहिले ४०–५० बर्ष उमेरका ब्यक्तिलाई हुने गरेको छ । काममा दौडधूप र तनावका कारण यस किसिमको समस्या बढेको पाइन्छ ।
के गर्ने ?
जीवनशैलीमा सुधार ल्याउने, ध्यान, मेडिटेसन गर्ने, शाकाहारी खाना खाने, आफूसँग भएको चिजमा खुशी रहने कोशिस गर्नुपर्छ ।
महात्मा गान्धीले भनेका छन्—‘प्रकृतिले सबैलाई भाग पु¥याउँछ । तर लोभीलाई कहिल्यैपनि पुग्दैन ।’ मुटुरोग पनि बच्चादेखिनै लाग्ने रोग हो । उनीहरुलाई जंक फूड, फास्टफुडको लोभबाट टाढा राख्नुपर्छ । घरमा बनाएको स्वस्थ्यवद्र्धक खाजा दिनुपर्छ । सागसब्जी, भटमास, मकै, मूला गाँजरलगायतका प्राकृतिक चिजहरु राम्रो पौष्टिक आहार मानिन्छ ।
उच्चरक्तचापको हानी
मुटुले रगतलाई पम्प गरेपछि धमनीबाट शरीरका विभिन्न कोषकोषहरुमा रगत पुग्छ । रगत बग्ने बेला आर्टरीको मांशपेसी खुम्चिन्छ र प्रेसर सृजना हुन्छ । त्यसलाई रक्तचाप भनिन्छ । रक्तचाप माथिको १४० र तलको ९० भन्दा बढ्न हुँदैन । यदि बढेमा यसले मस्तिष्क, मुटु, आँखा, मिर्गौलाको आर्टरीको धमनीलाई भित्रबाट बाक्लो बनाउँदै ल्याउँछ । त्यसपछि नशा साँघुरिदै जान्छ । मस्तिष्कको नसा बन्द भएमा प्यारालाइसिस, मुटुमा भएमा हृदयघात, मिर्गौलामा भएमा मिर्गौला विफल हुनसक्छ । मुख्य रुपमा उच्चरक्तचापले धमनीलाई क्षति पु¥याउँछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
जनस्वास्थ्य वहस
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
हिजो शोषित नर्स, आज सांसद र स्वास्थ्य मन्त्री
सोमबार, चैत १६, २०८२
बढी ग्यास निम्त्याउने यी ८ खानेकुरा
शुक्रबार, फागुन ८, २०८२
संघीयतापछि खाद्य नियमनः पहुँच, चुनौती र आवश्यक सुधार
बिहीबार, माघ २९, २०८२ट्रेन्डिङ

