नेभिगेशन

यस्तो छ हृदयघातको कारक तत्व

मुटुको कुनै पनि धमनीहरुमा सत् प्रतिशत अवरोध भई मुटुको मांसपेशीकाले काम गर्न नसक्नु र अन्त्यमा सो भागको मृत्यु हुनुलाई हृदयघात भनिन्छ । मुटुको देब्रे मुख्य धमनीमा अवरोध भएर भएको हृदयघात प्राणघातक पनि हुन सक्छ भने कहिलेकाँही साना धमनीहरुको अवरोध भएर भएको हृदयघात मानिसहरुलाई थाहा नहुन पनि सक्छ । तर ठुलो धमनिमा अवरोध भएमा छातिको बीचमा वा देबे्रतिर बेस्सरी थिचेको जस्तो दुख्छ, चिट चिटपसिना आउछ, वाकवाकलाग्ने र बेहोस पनि हुनसक्छ । उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोललाई समयमा नै नियन्त्रणमा राख्न सकेमा ५० प्रतिशत हृदयघातबाट जोगिन सकिन्छ । मोटोपन कम गर्ने व्यायाम नियमित गर्ने, मानसिक तनाव हुन नदिने, जीवनशैलीमा सुधार ल्याउने हो भने समयमा नै यो रोगलाई नियन्त्रण गर्न सकिन्छ । जनचेतनाको कमी र यो रोगका साधारण लक्षणहरु मात्र देखिने भएकाले समयमा नै यो रोगको निदान गर्न निकै कठिन भएको छ । हृदयघात हुनु भन्दा अगाडि साधारण लक्षण मात्र हुन्छ । जब व्यायाम गर्दा, उकालो चढ्दा, भर्या¨ उक्लदा, मानसिक तनाव वढेको अवस्थामा छातिको बीचमा वा देबे्रतिर भारी हुने, ढु¨ाले थिचेजस्तो अनुभव हुने, स्वाँ स्वाँ वढ्ने तर आराम गरे पछि सन्चो हुने गर्छ । कहिलेकाँही देव्रे हातमा वा च्यापु तिर पनि दुखाई सरेको जस्तो हुन सक्छ । यस्तो अवस्थामा तुरुन्त मुटुरोग विशेषज्ञको परामर्श लिनु जरुरी छ । अधिकांश मानिस यसलाई सामान्य सोचेर घरमै बसिरहन्छन् र अन्त्यमा हृदयघातको शिकार बन्छन् । हृदयघात भइसकेपछि उपचार सहज हुँदैन । देव्रे मुख्य धमनीमा अवरोध भएमा समस्या झनै जटिल हुन्छ । किनकी पहिलो हृदयघातले नै ज्यान लिनसक्छ । तसर्थ वयस्कहरुले हरेक बर्ष पटक आफ्नो मुटुको परीक्षण गराउन आवश्यक हुन्छ । मुटुमा समस्या देखिएमा नियमित जाँच गराउनु्पर्छ किनकी हालसम्म हृदयघातको मुख्य कारण पत्ता लागेको छैन । यसका कारक तत्व मात्र थाहा छ । हामीले परिवर्तन गर्न नसक्ने कारक तत्व उमेर– उमेर बढ्दै जाँदा हृदयघातको खतरा पनि बढ्दै जान्छ । लिंग– पुरुषको जतिको महिनाबारी सुकेका महिलाहरुमा पनि हृदयघातको जोखिम बढी हुन्छ । बंशाणुगत– हृदयघात वंशाणुगत पनि हुनसक्छ । परिवर्तन गर्न सकिने कारक तत्व - धुम्रपान -उच्च रक्तचाप - मधुमेह -उच्च कोलेस्टेरोल - व्यायामको कमी -मानसिक तनाव -जीवनशैली - जनचेतना - मोटोपन - नियमित स्वास्थ्य परीक्षण मुटुको धमनीको अवरोध कसरी थाहा पाउने ? उल्लेखित लक्षण देखिएमा तुरुन्त रेष्ट इसिजी (इलेक्ट्रोकार्डियोग्राम) गर्नुपर्छ । इसिजीमा केहि समस्या देखा परेमा वा देखानपरे पनि एक्सरसाइज इसिजी, टिमटी (ट्रेडमिल टेष्ट) वा स्ट्रेस इकोकार्डियाग्राफी गर्नुपर्ने हुनसक्छ । टिएमटी पोजेटिभ भएमा सिएजी (कोरोनरी एन्जियाग्राफी) गर्नुपर्छ । यदि टिएमटी गर्न नसक्ने अवस्थामा वा टिएमटी निगेटिभ भएमा पनि मुटुको धमनीको रोगका लक्षणहरु छन् भने कोरोनरी एन्जिओग्राफी गर्नुपर्छ । सिएजीबाट मात्र कति अवरोध छ कि छैन भनेर हेर्न सकिन्छ । थालिएम टेष्ट र स्ट्रेस इकोकार्डियोग्राफीबाट हृदयघात भएपछि मायोकार्डियम भायोबिलिटी हेर्न सकिन्छ । आजकाल कोरोनरी सिटी एन्जिओग्राफीबाट क्याल्सियम स्कोर र अवरोध पनि हेर्न सकिन्छ । जब मुटुको धमनी ७० प्रतिशत भन्दा बढि अवरोध भएमा एन्जिओप्लाटी वा कोरोनरी बाइपास ग्राफ्टिङ गर्नुपर्छ । यदि ७० प्रतिशत भन्दा कम अवरोध भएमा नियमित जाँच र औषधि सेवन गर्नुपर्छ । यसका साथै जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जनस्वास्थ्य वहस