मुटुको चाल कम भएर बिरामीलाई रिंगटा लाग्ने, सास फेर्न गाह्रो हुने, छाति दुख्ने, बेहोस हुने, बेहोस भएर ज्यान जानसक्ने खतरा भएमा पेशमेकर राखेर मुटुको कार्यक्षमतालाई सामान्य अवस्थामा ल्याइन्छ । यो छातिको छालामुनि राखिने ब्याट्रीबाट चल्ने एक प्रकारको स्वचालित यन्त्र हो । यसका तारहरु मुटुको कोठाभित्र पुर्याइएको हुन्छ र मुटुको चाल कम हुन थालेपछि यसले स्वचालित काम गरेर मुटुलाई सामान्य गतिमा राख्छ । मुटु आफैंले काम गरेको अवस्थामा चुप लागेर पेशमेकरले व्याकअपको काम गरिरहेको हुन्छ ।
पेशमेकर सिंगल र डुयल गरी २ प्रकारका हुन्छन् । मुटुको तल्लो कोठामा मात्र राख्ने पेश मेकरलाई सिंगल च्याम्बर भनिन्छ । यो एक कोठे पेशमेकर हो । मुटुको तल्लो र माथिल्लो कोठामा राखिने पेशमेकरलाई डुयल च्याम्बर भनिन्छ । यो दुई कोठे पेशमेकर हो । व्यक्तिको मुटुको अवस्था अनुसार एक कोठे वा दुई कोठे राख्ने भन्नेबारे समस्या पहिचान गरेर निक्र्योल गरिन्छ ।
बिरामीलाई के फाइदा हुन्छ ?
यसले सास फेर्न सजिलो, छाति दुख्ने र रिंगटा लाग्ने समस्या कम गर्छ । बेहोस भएर प्रत्यक्ष ज्यान जाने जोखिम बोकेका व्यक्तिहरुलाई बचाउँछ । मुटुको कार्यक्षमतामा सुधार ल्याउँछ ।

मुटुको कार्यक्षमतामा ह्रास ल्याउने कारक
यस प्रकारको समस्या जन्मजात हुनसक्छ । मुटुमा एक प्रकारको इन्फेक्सन (मायोकार्डियोप्याथी) का कारण पनि हुनसक्छ । हृदयघातपश्चात् मुटुको चाल कम हुनसक्छ । बुढ्यौलीपनाले पनि मुटुको चालमा कमी आउनसक्छ ।
पेशमेकरको आयु
पेशमेकरको व्याट्रिको आयु साधारणतया १० वर्षको हुन्छ । त्यसपछि ब्याट्रीमात्र फेर्दा हुन्छ । तार फेर्नुपर्दैन ।
सावधानी
पेशमेकर राखेको व्यक्तिले शुरुको २—३ महिना जति पेशमेकर राखेको भागतिरको हात धेरै चलाउन हुँदैन र १० केजी भन्दा बढीको भारी उठाउन हुँदैन । त्यसपछि सामान्य व्यक्तिले जस्तै सबै काम गर्न सकिन्छ । पेशमेकर राखेका व्यक्तिको सिटी, एमआरआई सबै गर्न मिल्छ । पेशमेकर राखेका व्यक्तिहरुले सबै कुरा खान हुन्छ । के खाने के नखाने भन्ने कुरा व्यक्तिको मुटुको विगतका समस्यामा मुख्य भर पर्छ ।
पेशमेकरको खानपानसँग सम्बन्ध हुँदैन । यसका साथै घरमा प्रयोग हुने सबै उपकरण चलाउन सकिन्छ । तर हाइपावर हाउसको ट्रान्समिसन लाइन भएको क्षेत्रमा जान हुँदैन किनभने यहाँ विभिन्न किसिमका सिंज्नल प्रवाह हुने भएकाले पेशमेकरलाई प्रभावित गर्नसक्छ । एयरपोर्टमा सुरक्षा जाँचमा प्रयोग गरिने मिटर डिटेक्टरको सम्पर्कमा जान हुँदैन ।
एक कोठे पेशमेकर ठीक कि दुई कोठे ?
दुई कोठे मेशमेकर भएमा मुटुको माथिल्लो कोठा र तल्लो कोठा बीच राम्रो समन्वय भई बिरामीलाई अझ सजिलो बनाउँछ । एक कोठे पेशमेकरमा माथिल्लो कोठा र तल्लो कोठाबीच समन्वय हुँदैन । तर सामान्य मुटु चलाउने काम दुवैले गर्छन् । दुई कोठे पेशमेकर एक कोठेको तुलनामा राम्रो भएपनि सबैलाई दुई कोठे पेशमेकर राख्न जरुरी हुँदैन । मुटुको आवश्यकता छनौट गरेर एक कोठे राख्ने वा दुई कोठे भन्ने निर्णय लिनुपर्छ ।
कपाल झर्छ भनेर तनाव नलिनुस्, समाधान छ - डा. एलिना कार्की
बुधबार, जेठ २१, २०८२
क्यान्सरः छिटो चिने बचाउने, ढिला बुझ्दा गुमाउने
शुक्रबार, जेठ १६, २०८२
यी हुन् मुटुरोग लाग्ने ९ वटा प्रमुख कारण
बिहीबार, चैत २८, २०८१
पेट सम्बन्धि समस्या के के छन् ?
बिहीबार, चैत २८, २०८१
