नेपाल हेल्थ न्युज, रुपन्देही । लुम्बिनी प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्यले क्यान्सरजस्ता नसर्ने रोगको बढ्दो प्रभावलाई मानव जीवनका लागि चिन्ताजनक बताउँदै त्यसको प्रभावकारी उपचारमा सरकारी प्राथमिकता रहेको बताउनुभउेको छ।
बुधबार मायादेवी गाउँपालिका–६, वेथरीस्थित सुमित्रा मेमोरियल क्यान्सर अस्पतालको शिलान्यास गर्दै मुख्यमन्त्री आचार्यले क्यान्सर बिरामीलाई उपचार सहयोगका कार्यक्रम निरन्तर सञ्चालन भइरहेको जानकारी गराउनुभयो।
स्वयं क्यान्सर संगै जुध्दै आउनुभएका मुख्यमन्त्रीले रोगसँगको आत्मीय अनुभव बाँड्दै, प्रदेश सरकारले बिरामीको पक्षमा काम गरिरहेको बताउनुभयो।
अस्पताल २ बिगाहा ५ कठ्ठा क्षेत्रफलमा, १ अर्ब ५० करोड लागतमा, १ सय शय्या क्षमताको निर्माण भइरहेको हो। यसलाईकरिब डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको संस्थापक अर्जुन पौडेलले जानकारी दिनुभयो।
उहाँले सरकारको एकल प्रयासले मात्र सबैको पहुँचमा उपचार सेवा पुर्याउन कठिन हुने भएकाले निजी क्षेत्रबाट भइरहेका प्रयासहरूलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राख्नुभयो ।
विदेशमा कार्यरत क्यान्सर रोग विशेषज्ञ, नेपाली व्यवसायी, क्यान्सरबाट परिवारका सदस्य गुमाएका व्यक्ति, क्यान्सर भर्साइभर तथा अन्य व्यवसायीहरूको संयुक्त लगानीमा अस्पताल निर्माण कार्य सुरु गरिएको हो ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
