नेपाल हेल्थ न्युज, काठमाडौं । शिक्षासम्बन्धी विधेयक जारी गर्न माग गर्दै काठमाडौँमा आन्दोलनरत शिक्षकहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै एक फरक खालको अभियान थालेका छन्। नेपाल शिक्षक महासंघको अगुवाइमा भोलि वैशाख ११ गते, दिउँसो २ बजे, बिजुलीबजारस्थित आर्क पुल नजिकै वृहत खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले रक्तदान कार्यक्रममार्फत् आन्दोलनमा सहभागी शिक्षकहरूले सामाजिक चेतना र मानवीय सेवाको उदाहरण प्रस्तुत गर्न चाहेको बताएका छन्। “रक्तदान जीवनदान हो, हामी आफ्नो हक माग्दा अरूको जीवन पनि बचाउन सक्ने सन्देश दिन चाहन्छौं,” सुवेदीले भने।
शिक्षकहरूले चैत २० गतेदेखि शिक्षामा गुणस्तरीय सुधार र शिक्षकका हकहित सुनिश्चित गर्ने मागसहित काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्। रक्तदान कार्यक्रम सबैका लागि खुला हुने जनाइएको छ र इच्छुक व्यक्तिहरूलाई सहभागी हुन महासंघले अनुरोध गरेको छ।
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
बिहीबार, कात्तिक १२, २०८३
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
