नेपाल हेल्थ न्युज, काठमाडौं । शिक्षासम्बन्धी विधेयक जारी गर्न माग गर्दै काठमाडौँमा आन्दोलनरत शिक्षकहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै एक फरक खालको अभियान थालेका छन्। नेपाल शिक्षक महासंघको अगुवाइमा भोलि वैशाख ११ गते, दिउँसो २ बजे, बिजुलीबजारस्थित आर्क पुल नजिकै वृहत खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले रक्तदान कार्यक्रममार्फत् आन्दोलनमा सहभागी शिक्षकहरूले सामाजिक चेतना र मानवीय सेवाको उदाहरण प्रस्तुत गर्न चाहेको बताएका छन्। “रक्तदान जीवनदान हो, हामी आफ्नो हक माग्दा अरूको जीवन पनि बचाउन सक्ने सन्देश दिन चाहन्छौं,” सुवेदीले भने।
शिक्षकहरूले चैत २० गतेदेखि शिक्षामा गुणस्तरीय सुधार र शिक्षकका हकहित सुनिश्चित गर्ने मागसहित काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्। रक्तदान कार्यक्रम सबैका लागि खुला हुने जनाइएको छ र इच्छुक व्यक्तिहरूलाई सहभागी हुन महासंघले अनुरोध गरेको छ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
