जनस्वासथ्य सरोकार । विगत एक महिनादेखि देशको तराइ जिल्लामा भइरहेको आन्दोलनका कारण ती जिल्लाहरुमा औषधिको अभाव शुरु भएको छ । यसले आम सर्वसाधारण बिरामी मर्कामा परेको भन्दै औषधि व्यवसायीहरुले औषधिको आपूर्ति सहज बनाउन अपिल गरेका छन् । नेपाल औषधि व्यवसायी संघले सो अपिल जारी गरेको हो ।
संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले अफिल पत्रमा भन्नुभएको छ— ‘ औषधिजस्तो मानवजीवनमा अति महत्वपूर्ण जीवन रक्षक वस्तुको ढुवानीसमेत हुन नसकेर अभाव सिर्जना हुनु दुखको कुरा हो । नियमित सेवन गर्नुपर्ने औषधि बिरामीले पाउन नसक्दा समस्याले झन चर्को रुप लिनसक्ने खतरा छ ।’
अध्यक्ष श्रेष्ठले भन्नुभयो—‘औषधि व्यवसाय केवल अति संवेदनशील र जनस्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने व्यवसाय हो भन्ने कुरा कसैले भुल्न हुँदैन ।’ सरल किसिमले औषधि आयात तथा ढुवानीको व्यवस्था मिलाउन संघले सकारसँग अनुरोध गरेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २३, २०७२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
