नेपाल हेल्थ न्युज, काठमाडौं, अमेरिकामा चिकित्सकको रुपमा कार्यरत नेपाली मूलकी डा. रिया बोहराले सन् २०२५ मा आयोजित American College of Physicians (ACP) को बहुचर्चित Doctor’s Dilemma प्रतिस्पर्धामा ऐतिहासिक सफलता हासिल गर्नुभएको छ। उनले आफ्नो तीन सदस्यीय टोलीका साथ Osler Cup Award 2025 जित्दै यो प्रतिष्ठित उपाधि जित्ने पहिलो नेपाली बन्ने कीर्तिमान कायम गरेकी गर्नुभएको हो।
यो अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता यस वर्ष लुइजियाना राज्यको न्यू अर्लेन्स शहरमा आयोजना गरिएको थियो। प्रतियोगितामा अमेरिका, भारत, जापान, क्यानडा, मेक्सिको लगायत विभिन्न देशका ६० उत्कृष्ट Internal Medicine रेसिडेन्ट टोलीहरूबीच तीन दिनसम्म कडा प्रतिस्पर्धा भएको थियो। सहभागीहरूले क्लिनिकल सोच, चिकित्सकीय निर्णय क्षमता तथा मेडिकल ज्ञानमा आधारित कठिन चुनौतीहरू पार गर्दै आफूलाई प्रमाणित गर्नुपरेको थियो।
डा. बोहरा American College of Massachusetts chapter र Saint Vincent Hospital को प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा सहभागी हुनुभएको थियो। उहाँको सहभागी टोलीको उत्कृष्ट प्रदर्शनले संस्थालाई अन्तर्राष्ट्रियस्तरमा मान्यता दिलाएको छ र विश्वभरका प्रमुख क्लिनिकल शिक्षा संस्थाहरूमध्ये एकका रूपमा चिनाएको छ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
