नेपाल हेल्थ न्युज, काठमाडौं । भारतले नेपाललाई कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणमा सहयोगस्वरूप १० लाख डोज कोभिसिल्ड खोप निःशुल्क उपलब्ध गराउने भएको छ।
बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उक्त खोप सहयोगको जानकारी दिनुभएको हो।
भारतको सेरम इन्स्टिच्युटद्वारा निर्मित कोभिसिल्ड खोप भोलि नेपाल आइपुग्नेछ। प्राप्त खोप पहिलो चरणमा स्वास्थ्य सेवा प्रदायक, एम्बुलेन्स चालक तथा सुरक्षाकर्मीलाई प्राथमिकताका साथ वितरण गरिनेछ।
सरकारले महामारीको व्यवस्थापनमा यस सहयोगले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ। भारतले भने यसलाई दुई देशबीचको पारस्परिक सम्बन्ध र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गरेको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
बिहीबार, कात्तिक १२, २०८३
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
