नेपाल हेल्थ न्युज, काठमाडौं । भारतले नेपाललाई कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणमा सहयोगस्वरूप १० लाख डोज कोभिसिल्ड खोप निःशुल्क उपलब्ध गराउने भएको छ।
बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उक्त खोप सहयोगको जानकारी दिनुभएको हो।
भारतको सेरम इन्स्टिच्युटद्वारा निर्मित कोभिसिल्ड खोप भोलि नेपाल आइपुग्नेछ। प्राप्त खोप पहिलो चरणमा स्वास्थ्य सेवा प्रदायक, एम्बुलेन्स चालक तथा सुरक्षाकर्मीलाई प्राथमिकताका साथ वितरण गरिनेछ।
सरकारले महामारीको व्यवस्थापनमा यस सहयोगले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ। भारतले भने यसलाई दुई देशबीचको पारस्परिक सम्बन्ध र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गरेको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
किशोरीको डिम्ब तस्करी आरोपमा डा. नुतन शर्मासँग प्रहरीको बयान
आइतबार, साउन २४, २०८३
नेत्रज्योति सङ्घलाई डब्लुएचओले ‘पब्लिक हेल्थ अवार्ड’ प्रदान गर्ने
आइतबार, साउन २४, २०८३
चिकित्सक र नर्समाथि कुटपिटपछि पलाँता अस्पताल अनिश्चितकालका लागि बन्द
आइतबार, साउन २४, २०८३
गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप दिने
आइतबार, साउन २४, २०८३
औषधि व्यवस्था विभागका तीन वरिष्ठ अधिकारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भयो ?
आइतबार, साउन २४, २०८३ट्रेन्डिङ
