नेपाल हेल्थ न्युज, काठमाडौं । निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूले आफ्नो निर्वाह भत्ता माग गर्दै जारी राखेको आन्दोलनका कारण उपत्यकाका प्रमुख अस्पतालमा ओपिडी सेवा प्रभावित बनेको छ, जसको असर सर्वसाधारण बिरामीहरूमा देखिएको छ।
आन्दोलन २३ दिनदेखि चलिरहेको छ, जसमा सरकारी चिकित्सकहरूले पनि ऐक्यबद्धता जनाएका छन्। वीर अस्पताल, ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताल लगायतका संस्थाहरूमा नियमित बाह्य रोगी विभाग (ओपिडी) सेवा ठप्प बनेको छ।
वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माका अनुसार, “आवासीय चिकित्सकहरू आन्दोलनमा रहेकाले ओपिडी सेवामा केही प्रभाव परेको हो, तर आकस्मिक र सघन उपचार सेवा भने यथावत् रूपमा चलिरहेको छ।”
राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालले पनि भएकाले दैनिक ४००–५०० बिरामीको उपचार प्रभावित भएको जानकारी दिनुभयो। कान्ति बाल अस्पतालमा समेत चिकित्सकहरूले आन्दोलनलाई समर्थन दिँदै सेवा बहिष्कार गरेका छन्।
नेपाल चिकित्सक सङ्घले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण चिकित्सकहरूलाई ओपिडी सेवा बहिष्कार गर्न आह्वान गरेपछि देशभरका सरकारी अस्पतालहरूमा आजदेखि सेवा प्रभावित बनेको हो। सङ्घले सेवा रोकिएकोमा क्षमायाचना गर्दै यसका लागि सरकार नै जिम्मेवार हुने स्पष्ट पारेको छ।
चिकित्सकहरू स्वास्थ्य शिक्षा आयोगको १६औँ बैठकको निर्णय कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने अडानमा छन्। निर्णय अनुसार उनीहरूलाई सरकारी सरहको भत्ता प्रदान गरिनुपर्नेछ, जुन अझै कार्यान्वयनमा आएको छैन।
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका संयोजक शेषराज घिमिरेका अनुसार करिब हजार चिकित्सक आन्दोलनमा सहभागी छन्। उनीहरू दैनिक माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आन्दोलन चर्किएपछि सम्बन्धित निकायहरूसँग वार्ता गर्नुभएको छ । र निर्णय लागू नभएसम्म कुनै निजी मेडिकल कलेजलाई मन्त्रालयबाट सहयोग नहुने स्पष्ट पारेका छन्।
देशभर रेबिजविरुद्धको खोप वितरण सुरु
बुधबार, साउन २०, २०८३
विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठ नियुक्त
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
