नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य मन्त्रालयअन्तर्गत वितरण हुँदै आएको आइरन चक्कीको आपूर्तिमा समस्या देखिएको छ। पछिल्ला दुई महिनायता देशका केही संघीय, प्रदेशीय तथा स्थानीय तहहरूमा उक्त औषधिको अभाव देखिएको बताइएको छ।
परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार केही स्थानीय तहहरूबाट आइरन चक्की नपाइने गुनासो आएको छ। “अधिकांश स्थानमा वितरण भइरहे पनि कतिपय क्षेत्रमा अभावको जानकारी प्राप्त भएको छ,” उहाँले बताउनुभयो।
सरकारले विगतमा दुई वर्ष टिक्ने आइरन चक्की केन्द्रबाट खरिद गरी स्थानीय तहमा वितरण गर्दै आएको थियो। यद्यपि हाल केही स्थानमा वितरण बाधित भएको देखिँदा थप बजेटको आवश्यकता देखिएको छ। मन्त्रालयले वैकल्पिक उपायबारे छलफल थालिसकेको छ।
कतिपय पालिकाले आफ्नै स्रोत प्रयोग गरी आइरन चक्की खरिद गरेको बताइएको छ। पोषण शाखाका प्रमुख लीलाबिक्रम थापाका अनुसार केही चक्कीको म्याद सकिएकाले वितरणमा असर परेको हो। उहाँले आगामी वर्षका लागि खरिद प्रक्रिया सुरु भइसकेको र अब स्थानीय तहहरूलाई आवश्यक अनुसार स्वतन्त्र रूपमा खरिद गर्न सक्ने व्यवस्था मिलाइने जानकारी दिनुभयो।
सरकारले गर्भवती, सुत्केरी तथा किशोरीहरूलाई निःशुल्क आइरन चक्की वितरण गर्दै आएको छ, जसले शरीरमा हेमोग्लोबिनको मात्रा सन्तुलनमा राख्न सहयोग पुर्याउँछ। चिकित्सकहरूका अनुसार महिलाहरूमा सामान्य अवस्थामा प्रति डेसिलिटर १३ ग्राम हेमोग्लोबिन आवश्यक पर्ने हुँदा यो कार्यक्रम स्वास्थ्यका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ।
चितवनमा पोहोरको तुलनामा डेंगी र स्क्रब टाइफस संक्रमण घट्दो
आइतबार, मंसिर २८, २०८२
एक वर्षदेखि चिकित्सकविहीन छ पाटनको भेटेरिनरी अस्पताल
आइतबार, मंसिर २८, २०८२
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माणमा अब ढिलासुस्ती सह्य नहुने : कुलमान घिसिङ
आइतबार, मंसिर २८, २०८२
कोशीबाट उपाध्यक्षमा पूर्व महानिर्देशक डा. टंकप्रसाद बाराकोटीको उम्मेदवारी घोषणा
आइतबार, मंसिर २८, २०८२
