नेपाल हेल्थ न्युज, हुम्ला । सुत्केरी व्यथा सुरु हुनुभन्दा करिब डेढ महिना अगाडि नै जटिल अवस्था देखिएपछि सिमकोट गाउँपालिका–२ ठेहेकी १६ वर्षीया पुष्पा बोहरा भण्डारीलाई आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत जिल्ला बाहिर उद्धार गरिएको छ।
जिल्ला अस्पताल हुम्लामा गरिएको प्रारम्भिक परीक्षणमा भण्डारीको रक्तचाप असामान्य रूपमा उच्च देखिएको र गर्भको अवस्थासमेत जटिल रहेको चिकित्सकहरूले बताउनुभएको छ। स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. प्रतीक्षा भारतीका अनुसार पेटमा रहेको शिशुको अवस्था सामान्य नभएको, टाउकोको स्थान उल्टो रहेकाले र आवश्यक औजार तथा दक्ष जनशक्तिको अभावका कारण तुरुन्तै सुर्खेत रेफर गर्नु परेको हो।
यो उद्धार कार्य राष्ट्रपति महिला उत्थान कोष कार्यक्रम अन्तर्गत भएको हो। जिल्ला अस्पताल हुम्लाको सिफारिसमा सिमकोट गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा हेलिकोप्टरमार्फत भण्डारीलाई प्रदेश अस्पताल, सुर्खेत लगिएको हो जहाँ अहिले उनको शल्यक्रिया तयारीसहित उपचार भइरहेको छ।
पछिल्ला वर्षहरूमा हुम्लाजस्ता दुर्गम क्षेत्रमा आकस्मिक सुत्केरी अवस्थाका महिलाहरूका लागि यस्तो उद्धार प्रणालीले जीवनरक्षा गर्ने प्रभावकारी भूमिका खेलिरहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
