नेपाल हेल्थ न्युज, काठमाडौं । पाँच वर्षमुनिका बालबालिकालाई दिइँदै आएको पोषण भत्ता विस्तार र वृद्धि गर्नुपर्ने विषयमा सांसदहरूले सरकारलाई सुझाव दिएका छन्। प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक मामिला समितिका सांसदहरू, स्वास्थ्य तथा शिक्षा समितिका सदस्यहरू र बाल अधिकारमा क्रियाशील जनप्रतिनिधिहरूले पोषण क्षेत्रमा थप लगानीको माग गरेका हुन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले हाल ५ वर्षमुनिका बालबालिकालाई दिइँदै आएको पोषण भत्ता अहिले ५८ जिल्लामा मात्र पुगेको र अब यो भत्ता बाँकी १९ जिल्लामा पनि विस्तार गर्ने सरकारको तयारी रहेको जानकारी दिनुभयो। उहाँले सरकारले पोषण भत्ता वृद्धि गर्ने विषयमा गम्भीर छलफल गरिरहेको पनि बताउनुभयो।
बाल अधिकारका लागि संसदीय समूहका संयोजक रञ्जुकुमारी झाले सामाजिक सुरक्षा भत्ता आवश्यकता पहिचानका आधारमा उपलब्ध गराउनुपर्ने सुझाव दिनुभयो। उहाँका अनुसार, “बालबालिकाको पोषणमा गरिएको लगानी दीर्घकालीन समृद्धिमा योगदान दिन्छ।”
स्वास्थ्य तथा शिक्षा समितिका सभापति अम्बर बहादुर थापाले बालबालिकाको पोषणमा लगानी वृद्धि गरिनु आवश्यक रहेको उल्लेख गर्नुभयो। नेकपा एमाले संसदीय दलकी सचेतक सुनिता बरालले बालबालिकाको पोषण सुनिश्चित नगरेसम्म समतामूलक समाज सम्भव नरहने बताउनुभयो।
सांसदहरूले पोषण भत्ताको दायरा विस्तारसँगै वर्तमान ८ सय रुपैयाँ भत्ता वृद्धि गर्न, लक्षित वर्ग पहिचान गरी प्रभावकारी वितरण सुनिश्चित गर्न र समन्वयका लागि स्थानीय सरकारसँग सहकार्य बढाउन सरकारलाई आग्रह गरेका छन्।
नगरप्रमुखद्वारा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति
शुक्रबार, असार १२, २०८३
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने
शुक्रबार, असार १२, २०८३
डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
शुक्रबार, असार १२, २०८३
एकीकृत शैक्षिक क्यालेन्डर लागू गर्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्देशन
शुक्रबार, असार १२, २०८३
