नेभिगेशन

गर्मी मौसममा खाना तताउँदा लापरवाही नगर्न विज्ञहरूको चेतावनी

नेपाल हेल्थ न्युज, काठमाडौं । गर्मीको मौसमसँगै खाना खराब हुने दर तीव्र रुपमा बढिरहेको छ। खाना ताजा राख्ने र पुनः तताउने बानीले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्छ। अहिलेको गर्मीमा विशेषगरी भात, मासु तथा कुखुरा जस्ता परिकार पुनः तताउँदा अपनाउनुपर्ने सावधानीबारे स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन्।

कुन खाना तताउँदा बढी सावधानी आवश्यक
विशेषज्ञहरूका अनुसार भात, कुखुरा, मासु र फ्रिजमा राखिएको अन्य खाद्य वस्तुहरू पुनः तताउँदा विशेष ध्यान दिनुपर्छ। खानालाई कोठाको तापक्रममा १ घण्टा भन्दा बढी नराख्नुहोस्। खानामा ब्यासिलस सेरियस नामक ब्याक्टेरिया हुन्छ, जुन छिटो फैलिन्छ र पकाएपछि पनि मर्दैन।

बाहिरबाट अर्डर गरिएको खाना
होटल वा रेष्टुरेन्टबाट मगाइएको खाना पहिले नै तताइएको हुन्छ। त्यसलाई दोहोर्याएर तताउनु हानिकारक हुन सक्छ।

फ्रिजमा जमेको कुखुरालाई मनतातो पानीले नपगाल्नुहोस्। यसले सतह तातिएर भित्र अझै चिसो राख्न सक्छ, जसले क्याम्पिलोब्याक्टर ब्याक्टेरियालाई सक्रिय बनाउँछ।

 खाना तताउने बेला ध्यान दिनुपर्ने महत्वपूर्ण बुँदाहरू

  •  खाना सधैं सबै भागबाट तातो भएको, बाफ निस्किएको सुनिश्चित गर्नुहोस्।
  •  एक पटक मात्र तताउनुहोस्, दोहोर्याएर तताउँदा विषाक्तता बढ्न सक्छ।
  •  तातो खाना तुरुन्तै फ्रिजमा नराख्नुहोस् — पहिले कोठाको तापक्रममा चिसो पार्नुहोस्।
  •  खाना २४–४८ घण्टाभित्र उपभोग गर्नुहोस्।
  •  जमेका परिकारहरू पहिले पूर्ण रूपमा डिफ्रस्ट गर्नुहोस्, अनि मात्र तताउनुहोस्।
  •  फ्रिजको तापक्रम ५ डिग्री सेल्सियसभन्दा कम राख्नुस्, र फ्रिजर (१८ डिग्री सेल्सियस मा कायम राख्नुस्।

विशेष संवेदनशील समूहहरूलाई उच्च सावधानी आवश्यक
गर्भवती महिला, साना बालबालिका, वृद्धवृद्धा तथा कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूले खाना तताउँदा अझ बढी सावधानी अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ।

स्वास्थ्य मन्त्रालयका अनुसार, यदि खाना ८°C देखि ६३° को बीचमा रह्यो भने त्यहाँ ब्याक्टेरियाको वृद्धि अत्यधिक छिटो हुन्छ  जसले खाना विषाक्त बनाउँछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हस्पिटल अपडेट