नेमाल हेल्थ न्युज, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालहरूको सेवा र शुल्कमा समानता ल्याउन नयाँ विधेयक ल्याउने तयारी गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, मन्त्रिपरिषदको हालैको बैठकले उक्त विधेयकको सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।
वर्तमानमा, संघीय अस्पतालहरूमा विभिन्न विकास समितिहरूको अस्तित्वका कारण सेवा शुल्क, कर्मचारी नियुक्ति प्रक्रिया र आन्तरिक खर्चमा भिन्नता देखिएको छ। यसलाई सुधार्नका लागि मन्त्रालयले एकीकृत विधेयकको तयारी गरेको हो।
नयाँ विधेयकमार्फत अस्पतालहरूको सेवा र शुल्क संरचनामा समानता ल्याउने, कर्मचारी नियुक्ति र स्थायीत्व प्रक्रियामा एकरूपता कायम गर्ने, र अस्पतालहरूको आन्तरिक खर्चको पारदर्शिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ। यसका साथै, प्रशासनिक खर्चमा कमी ल्याउने प्रयास पनि गरिनेछ।
विधेयकको मस्यौदा तयार गर्नका लागि विज्ञहरूको सुझाव लिइने र त्यसपछि संसदमा प्रस्तुत गरिने मन्त्रालयले जनाएको छ।
भारतका १६ राज्यमा फेरि कोरोना फैलिन थाल्यो, सक्रिय संक्रमित हजार नाघे
सोमबार, जेठ १२, २०८२
गर्मी मौसममा खाना तताउँदा लापरवाही नगर्न विज्ञहरूको चेतावनी
बिहीबार, वैशाख १८, २०८२
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरू, दुई बिरामीको सफल प्रत्यारोपण
मंगलबार, वैशाख ९, २०८२
सिराहा अस्पतालमा सेवाग्राही हैरान, स्थानीयले १९ बुँदे मागपत्र बुझाए
मंगलबार, वैशाख ९, २०८२
