नेपाल हेल्थ न्युज, इनरुवा । कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा एक दिने निःशुल्क दन्त तथा मानसिक स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।साना पाइला मोरङ र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको आयोजनामा तथा कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाको सहकार्यमा सो तालिम सम्पन्न भएको हो ।
स्वास्थ्य शिविरमा कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी नायव उपरिक्षक डा. सरोज सिंह, साना पाइला मोरङकी अध्यक्ष एवं दन्त रोग विशेषज्ञ डा. मीरा आचार्य, नेपाल डेन्टल एशोसिएसन मोरङकी उपाध्यक्ष डा. निमीसा दास तथा मानसिक रोग विशेषज्ञ डा. सविता खड्काको टोलीले सहभागिता जनाउनुभएको थियो ।
शिविरमा तालिम केन्द्रका निमित्त समादेशक प्रहरी नायव उपरिक्षक गुरुप्रसाद तिम्सिना, प्रहरी निरीक्षक प्रभात लक्सम लिम्बु, प्रशिक्षक वर्ग तथा आधारभूत तालिममा रहेका प्रशिक्षार्थीहरूसहित करिब २७० जना प्रहरी कर्मचारीहरूले दन्त परीक्षण तथा मानसिक स्वास्थ्य सम्बन्धी सेवा प्राप्त गरेका थिए। साथै, सहभागीहरूलाई निःशुल्क टुथपेस्ट र ब्रस पनि वितरण गरिएको थियो।
कार्यक्रमको अवसरमा संस्थाकी अध्यक्ष डा. मीरा आचार्यले समादेशक तिम्सिनालाई क्यान्सर रोगसम्बन्धी सचेतना तथा नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमलाई प्रचारप्रसार गर्न सन्देशमूलक व्यानर पनि हस्तान्तरण गर्नुभएको थियो । 
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
