नेपाल हेल्थ न्युज, सिन्धुली । सिन्धुली अस्पतालमा महिलाको क्यान्सर स्क्रिनिङ तथा जनचेतना शिविरमा करिब ५०० जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन्। भक्तपुर क्यान्सर हस्पिटलको सहकार्यमा आयोजित सो शिविरमा स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण गरिएको थियो।
परीक्षणमा केही महिलामा क्यान्सरको लक्षण देखिएपछि थप उपचारका लागि उनीहरूलाई भक्तपुर क्यान्सर अस्पतालमा रिफर गरिएको छ।
शिविरले महिलामा क्यान्सरप्रति चेतना फैलाउन र प्रारम्भिक अवस्थामा नै रोगको पहिचान गर्न सहयोग पुगेको अस्पताल प्रशासनले जनाएको छ।
सिन्धुली अस्पतालले पछिल्ला दिनहरूमा उल्लेखनीय प्रगति गरेको छ। अस्पतालमा हाल सर्जरी, स्त्रीरोग, बालरोग, सिटीस्क्यान, डायलाइसिस लगायतका अत्याधुनिक स्वास्थ्य सेवाहरू उपलब्ध छन्।
शिविरका अवसरमा भक्तपुर क्यान्सर अस्पतालका अध्यक्ष सतिश ढकाल र मेसु डा. अभिषेक थपलियाबीच आगामी दिनहरूमा दुई अस्पतालबीच सहकार्य गरेर बिरामीलाई अझ प्रभावकारी सेवा दिने विषयमा छलफल भएको थियो। दुवै पक्षबीचको भेटघाटलाई ‘सुखद र सकारात्मक’ रुपमा लिइएको भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्वल चालिसेले बताउनुभयो ।

बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
बिहीबार, कात्तिक १२, २०८३
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
