नेपाल हेल्थ न्युज, सिन्धुली । सिन्धुली अस्पतालमा महिलाको क्यान्सर स्क्रिनिङ तथा जनचेतना शिविरमा करिब ५०० जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन्। भक्तपुर क्यान्सर हस्पिटलको सहकार्यमा आयोजित सो शिविरमा स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण गरिएको थियो।
परीक्षणमा केही महिलामा क्यान्सरको लक्षण देखिएपछि थप उपचारका लागि उनीहरूलाई भक्तपुर क्यान्सर अस्पतालमा रिफर गरिएको छ।
शिविरले महिलामा क्यान्सरप्रति चेतना फैलाउन र प्रारम्भिक अवस्थामा नै रोगको पहिचान गर्न सहयोग पुगेको अस्पताल प्रशासनले जनाएको छ।
सिन्धुली अस्पतालले पछिल्ला दिनहरूमा उल्लेखनीय प्रगति गरेको छ। अस्पतालमा हाल सर्जरी, स्त्रीरोग, बालरोग, सिटीस्क्यान, डायलाइसिस लगायतका अत्याधुनिक स्वास्थ्य सेवाहरू उपलब्ध छन्।
शिविरका अवसरमा भक्तपुर क्यान्सर अस्पतालका अध्यक्ष सतिश ढकाल र मेसु डा. अभिषेक थपलियाबीच आगामी दिनहरूमा दुई अस्पतालबीच सहकार्य गरेर बिरामीलाई अझ प्रभावकारी सेवा दिने विषयमा छलफल भएको थियो। दुवै पक्षबीचको भेटघाटलाई ‘सुखद र सकारात्मक’ रुपमा लिइएको भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्वल चालिसेले बताउनुभयो ।

राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
