नेमाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन भइरहेको भए पनि त्यसलाई दीर्घकालीन रूपमा कायम राख्न चुनौती रहेको बताएका छन्।
मंगलबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र वीर अस्पतालको २३ औं वार्षिकोत्सव समारोहमा मन्तव्य दिँदै मन्त्री पौडेलले काठमाडौं उपत्यकामा पर्याप्त चिकित्सक तथा स्वास्थ्यकर्मी भए पनि ग्रामीण तथा दुर्गम क्षेत्रमा जनशक्ति पुर्याउन कठिनाइ भइरहेको उल्लेख गर्नुभयो ।
उहाँका अनुसार केही संघीय अस्पतालहरूमा निर्धारित ९ दरबन्दीमध्ये केवल १ जना चिकित्सक कार्यरत रहेको अवस्था छ, जसले स्वास्थ्य सेवा पहुँचमा असमानता झल्काउँछ। जनशक्ति देशमै तयार भए पनि त्यसलाई काठमाडौं बाहिर पठाउन र स्थायित्व दिन सक्ने प्रणाली विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
मन्त्री पौडेलले आम नागरिकलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले बीमा प्रणाली लागू गर्ने तयारी भइरहेको जानकारी पनि गराउनुभयो। यसका लागि नीति तथा कार्यक्रममा नयाँ स्वास्थ्य योजनाहरू समावेश गरिएको उल्लेख गर्दै, सरकारले सबै सातै प्रदेशमा क्यान्सर तथा अंग प्रत्यारोपण सेवा विस्तार गरेको उहाँले बताउनुभयो।
साथै, उहाँले वीर अस्पतालको दुवाकोटस्थित नयाँ भवन निर्माणको लागि आवश्यक डीपीआर (विस्तृत आयोजना प्रतिवेदन) तयारीका लागि बजेट विनियोजन गरिएको जानकारी दिनुभयो।
उहाँले उल्लेख गरेअनुसार, नेपालले दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्न सफल भए पनि तिनलाई स्वदेशमै रोक्न नसक्नु अब समाधान खोजिनुपर्ने प्रमुख विषय हो।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
