नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य प्रणालीमा सुधार ल्याउन प्रशासनिक क्षेत्रको सट्टा प्रत्यक्ष उपचारमा संलग्न जनशक्ति विस्तार गर्नु आवश्यक रहेको बताउनुभएको छ। आइतवार भक्तपुर क्यान्सर अस्पतालमा पेडियाट्रिक अन्कोलोजी वार्ड तथा पीआईसियु कक्षको उद्घाटन गर्दै उहाँले यो धारणा व्यक्त गर्नुभएको हो।
मन्त्री पौडेलले प्रशासनिक संरचनालाई सानो बनाएर, खाली रहेका कोठाहरु चिकित्सकीय सेवाका लागि प्रयोग गर्न सकिने सुझाब पनि दिनुभएको छ। साथै, अस्पतालको पूर्वाधार विस्तारका लागि आवश्यक जमिनको खोजी भइरहेको उल्लेख गर्दै, उपयुक्त जग्गा फेला परेमा यो वर्षदेखि नै बहुवर्षीय योजना अन्तर्गत निर्माण कार्य सुरु गर्न सकिने जानकारी गराउँनुभयो।
बालबालिकाको क्यान्सर उपचार सन्दर्भमा बोल्दै उहँले सरकारले १४ वर्ष मुनिका बिरामीका लागि उपचार पूर्ण रूपमा निःशुल्क बनाएको र करिब ८० प्रतिशत औषधी पनि बिनामूल्य उपलब्ध गराइएको बताउनुभयो।
हेमोफिलिया जस्ता रोगको औषधी अस्पतालमा भित्र्याएर निःशुल्क वितरण भइरहेको उल्लेख गर्दै, उहाँले कुनै अतिरिक्त बजेट विनै आन्तरिक स्रोतसाधन प्रयोग गरेर सेवा विस्तार गरिएको जानकारी दिनुभयो। “श्रोत छैन भनेर बस्न मिल्दैन, हामीले आन्तरिक व्यवस्थापनमार्फत सेवा अघि बढाएका छौँ,” मन्त्री पौडेलले भन्नुभयो।
उहँका अनुसार जलन उपचारदेखि लिएर स्टोक जस्ता महँगाहरू पनि छानिएका अस्पतालहरूमा निःशुल्क रूपमा उपलब्ध छन्।
हाम्रो प्राथमिकता उपचार हो, डाक्टर चाहिएको हो, प्रशासक थपेर समाधान हुँदैन, भन्दै मन्त्रीले उपचार क्षेत्रमा मात्रै जनशक्ति थपिने नीति अपनाउने स्पष्ट पार्नुभयो।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
