नेपाल हेल्थ न्युज, काठमाडौं । भक्तपुरस्थित क्यान्सर अस्पतालले केही पदहरूमा करार सेवाका लागि कर्मचारी माग गरेको छ। अस्पतालले सार्वजनिक सूचना जारी गर्दै ६ विभिन्न पदमा कुल ११ जनालाई नियुक्त गर्न आवेदन आह्वान गरेको हो।
उपलब्ध पदहरूमा रेडियोथेरापी टेक्नोलोजिष्ट, फार्मेसी अधिकृत, स्टाफ नर्स, फार्मेसी सहायक, रेडियोथेरापी टेक्निसियन तथा सहायक कम्प्युटर अपरेटर रहेका छन्। यी सबै पदहरूमा करार अवधिको लागि नियुक्ति गरिने जनाइएको छ।
अस्पतालले २०८१ साल बैशाख २६ गते सूचना प्रकाशित गरेको छ र इच्छुक व्यक्तिहरूले सो मितिबाट १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।
नोकरीको अवसर खोजिरहेका योग्य तथा इच्छुक उम्मेदवारहरूले तोकिएको समयसीमाभित्र आवेदन दिनु पर्नेछ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
हिमभासको दोस्रो संस्करण चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने
बुधबार, भदौ ३१, २०८३
बिनाशल्यक्रिया मुटुको भल्भको उपचार नेपालमै सम्भव बनाउँछौँ : डा. स्मृति शाक्य
बुधबार, भदौ ३१, २०८३
बागलुङमा १४ सयभन्दा बढीमा डेङ्गु, २८२ मा स्क्रब टाइफस पुष्टि
बुधबार, भदौ ३१, २०८३
आइसियुमा अनधिकृत प्रवेश र भिडियो निर्माणमा पाँच स्वास्थ्य परिषद्को आपत्ति
बुधबार, भदौ ३१, २०८३
