नेपाल हेल्थ न्युज, काठमाडौं । भक्तपुरस्थित क्यान्सर अस्पतालले केही पदहरूमा करार सेवाका लागि कर्मचारी माग गरेको छ। अस्पतालले सार्वजनिक सूचना जारी गर्दै ६ विभिन्न पदमा कुल ११ जनालाई नियुक्त गर्न आवेदन आह्वान गरेको हो।
उपलब्ध पदहरूमा रेडियोथेरापी टेक्नोलोजिष्ट, फार्मेसी अधिकृत, स्टाफ नर्स, फार्मेसी सहायक, रेडियोथेरापी टेक्निसियन तथा सहायक कम्प्युटर अपरेटर रहेका छन्। यी सबै पदहरूमा करार अवधिको लागि नियुक्ति गरिने जनाइएको छ।
अस्पतालले २०८१ साल बैशाख २६ गते सूचना प्रकाशित गरेको छ र इच्छुक व्यक्तिहरूले सो मितिबाट १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।
नोकरीको अवसर खोजिरहेका योग्य तथा इच्छुक उम्मेदवारहरूले तोकिएको समयसीमाभित्र आवेदन दिनु पर्नेछ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बागमती प्रदेश स्वास्थ्य सचिवमा संघीय कर्मचारी पठाउने निर्णयप्रति प्रदेशका कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भयो ?
शुक्रबार, कात्तिक १३, २०८३
मधेसमा मिर्गौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
शुक्रबार, कात्तिक १३, २०८३
जडीबुटी बेचेर चार करोड राजस्व असुली
शुक्रबार, कात्तिक १३, २०८३
वीर अस्पतालमा मेडिकल अधिकृत र स्टाफ नर्स पदमा दरखास्त आह्वान
शुक्रबार, कात्तिक १३, २०८३ट्रेन्डिङ
