नेमाल हेल्थ न्युज, काठमाडौं । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल औषधि लिमिटेडले उत्पादन गर्ने सुपथ मूल्यका औषधिहरू—जस्तै सिटामोल र जीवनजल—सरकारी स्वास्थ्य संस्थामार्फत उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा भएको बैठकमा ती औषधिहरूको बिक्री सहज नहुनु सम्बन्धी गुनासोपछि समाधान खोज्ने पहल स्वरूप मन्त्रालयले वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा लिमिटेडका प्रतिनिधिहरूसँग छलफल गरेको हो।
मन्त्री पौडेलका अनुसार सर्वसाधारणलाई गुणस्तरीय र किफायती औषधि निरन्तर उपलब्ध गराउन उत्पादनमा अवरोध नहोस् भन्ने सुनिश्चित गर्न सरकारले विश्व स्वास्थ्य संगठनबाट गुणस्तर प्रमाणीकरणको प्रक्रियामा सहयोग गरिरहेको छ।
सरकारी स्वास्थ्य सेवा केन्द्रहरूमा अनिवार्यरूपमा उपलब्ध हुनुपर्ने ९८ प्रकारका औषधिहरूको आपूर्ति सुनिश्चित गर्न लिमिटेडबाट प्रत्यक्ष खरिदको सम्भावना पनि मन्त्रालयले अध्ययन गर्ने तयारी गरेको छ।
यस सन्दर्भमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरू समावेश गरिएको एक समिति पनि गठन गरिएको छ, जसको संयोजक वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रहने छन्। समितिमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला मन्त्रालय र नेपाल औषधि लिमिटेडका अधिकारीहरूको सहभागिता रहनेछ।
बैठकमा स्वास्थ्य सचिव डा. विकास देवकोटा, वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउत, लिमिटेडका अध्यक्ष यज्ञप्रसाद न्यौपाने र महाप्रबन्धक कैलाशकुमार पनेरु लगायतको सहभागी हनुन्थियो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले समितिको सुझावको आधारमा अगाडि बढ्ने निर्णय हुने जानकारी दिनुभयो।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
