नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल औषधी लिमिटेडले उत्पादन गरेका तर बिक्रीमा समस्या देखिएका औषधीहरूको समाधानका लागि सरकार सक्रिय बनेको छ। मंगलवार भएको उच्चस्तरीय छलफलपछि त्यसको खरिद प्रक्रिया औपचारिक रूपमा अगाडि बढाइएको हो।
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कार्यक्रमहरूमा प्रयोग हुने पारासिटामोल र जीवनजल खरिद गर्नका लागि आवश्यक पत्राचार सुरु गरेको जानकारी दिएको छ।
महाशाखा प्रमुख डा. पवनजङ्ग रायमाझीका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रत्यक्ष संलग्नतामा लिमिटेडका प्रतिनिधिहरूसँग भएको छलफलपछि खरिद प्रक्रिया अघि बढाइएको हो। प्रक्रिया अब प्रचलित नियमअनुसार अघि बढ्नेछ, उहाँले स्पष्ट पार्नुभयो।
छलफलमा स्वास्थ्य मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, तथा नेपाल औषधी लिमिटेडका पदाधिकारीहरू सहभागी थिए। छलफलपछि मन्त्री पौडेलले आवश्यक औषधीहरू तीनै तहका स्वास्थ्य संस्थामा पुग्ने व्यवस्था मिलाउँदै खरिद प्रक्रिया सकारात्मक रूपमा अघि बढाइने प्रतिबद्धता जनाउनुभएको थियो।
यस्तै, औषधी बिक्रीमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि अन्तरमन्त्रालयीय समिति गठन गर्ने सहमति समेत भएको छ। सो समितिमा वाणिज्य मन्त्रालयका सचिवको संयोजकत्वमा स्वास्थ्य, अर्थ, तथा संघीय मामिला मन्त्रालयका प्रतिनिधिसमेत रहनेछन्।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
