नेपाल हेल्थ न्युज, काठमाडौं । रौतहट जिल्ला अन्तर्गत फतुवा विजयपुर नगरपालिका–११ की ३९ वर्षीया राजकुमारी चौधरीको स्वास्थ्य अवस्था बिग्रिएपछि थप उपचारका लागि काठमाडौं ल्याउने क्रममा उनको मृत्यु भएको छ।
परिवारका अनुसार राजकुमारीलाई वायुसेवा मार्फत सिमरा विमानस्थलबाट काठमाडौं लैजाँदै गर्दा जहाजमै अचेत भएकी थिइन्। उनका श्रीमान् जंग बहादुर चौधरी पनि सोही यात्रामा सँगै थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिएअनुसार अचेत अवस्थामा केएमसी अस्पताल पुर्याइएकी राजकुमारीलाई चिकित्सकले अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेको घोषणा गरेका थिए।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
