नेपाल हेल्थ न्युज, भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले देशका ग्रामीण तथा पूर्वी भेगमा क्यान्सर रोगको जोखिम न्यूनीकरण तथा समयमै पहिचानका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन थालेको छ।
अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेका अनुसार इलाम, पाँचथर, संखुवासभा र धनकुटा जिल्लाका महिलालाई लक्षित गरी पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङ्ग गरिने उद्देश्यले स्वास्थ्य शिविरहरू आयोजना गरिएका हुन्।
शिविरको सुरुवात जेठ ८ गते इलामबाट गरिएको छ भने जेठ ९ र १० गते फिदिम अस्पताल, पाँचथरमा परीक्षण हुनेछ। त्यसपछिका दिनहरूमा जेठ ११ गते संखुवासभाको शनिश्चरे र जेठ १३ गते धनकुटाको पाथीभरा नगरपालिका क्षेत्रमा स्क्रिनिङ्ग शिविर सञ्चालन गरिने छ।
डा.चालिसेका अनुसार, महिलाहरूमा बढ्दो पाठेघर तथा स्तन क्यान्सरको जोखिमलाई मध्यनजर गर्दै यस्ता शिविरहरू ग्रामीण भेगमा विशेष प्राथमिकताका साथ सञ्चालन गरिँदै आएका छन्। परीक्षणका क्रममा महिलाहरूको स्वास्थ्य अवस्था परीक्षण गरिने र आवश्यक परामर्श तथा थप उपचारका लागि समन्वय गरिने अस्पतालले जनाएको छ।
अस्पतालले यसअघि पनि विभिन्न जिल्लामा पुगेर यस्तै निःशुल्क क्यान्सर स्क्रिनिङ्ग कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
