नेपाल हेल्थ न्युज, बिर्तामोड । झापाको बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरलाई नेपाल विद्युत प्राधिकरणले ‘अत्यन्त महत्वपूर्ण उपभोक्ता’ को रूपमा सम्मान गरेको छ।
नेपाल सरकारअन्तर्गत रहेको विद्युत प्राधिकरणको कोशी प्रादेशिक कार्यालय, विराटनगरले एक विशेष कार्यक्रमको आयोजना गर्दै बि एन्ड सी मेडिकल कलेजलाई यो सम्मान प्रदान गरेको हो। प्राधिकरणले विद्युत सेवा प्रयोगमा अनुशासित, महसुल भुक्तानीमा नियमित र उच्चतम विद्युत खपत गर्ने उपभोक्तालाई प्रोत्साहनस्वरूप यस्तो सम्मान गर्दै आएको छ।
कार्यक्रममा कोशी प्रादेशिक कार्यालयका प्रमुख राजीवकुमार सिंहले बिएन्डसी सहित उत्कृष्ट १० अत्यन्त महत्वपूर्ण उपभोक्तालाई सम्मान गरिएको जानकारी दिनुभयो। उहाँले विद्युत प्राधिकरणका उपभोक्ताहरूसँगको सकारात्मक सहकार्यले सेवा प्रवाह थप प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
बिएन्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार, आर्थिक वर्ष २०८१ मा अस्पतालले अत्यधिक मात्रामा विद्युत खपत गर्नुका साथै विद्युत महसुल समयमै भुक्तानी गरेको तथ्यका आधारमा सम्मान प्रदान गरिएको हो। “हामी सेवा प्रवाहका लागि सधैं जिम्मेवार छौं। समयमै महसुल भुक्तानी गर्नु हाम्रो नीति हो,” गिरीले भन्नुभयो ।
झापाको स्वास्थ्य सेवामा अग्रणी भूमिका निभाउँदै आएको बिएन्डसी अस्पताललाई यस सम्मानले संस्थागत स्तरमा अझै ऊर्जा मिलेको जनाइएको छ।
कार्यक्रममा प्राधिकरणका पदाधिकारी, विभिन्न निकायका प्रतिनिधि र सम्मानित उपभोक्ताहरुको उपस्थिति रहेको थियो।
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
बिहीबार, कात्तिक १२, २०८३
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
