नेपाल हेल्थ न्युज, बिर्तामोड । झापाको बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरलाई नेपाल विद्युत प्राधिकरणले ‘अत्यन्त महत्वपूर्ण उपभोक्ता’ को रूपमा सम्मान गरेको छ।
नेपाल सरकारअन्तर्गत रहेको विद्युत प्राधिकरणको कोशी प्रादेशिक कार्यालय, विराटनगरले एक विशेष कार्यक्रमको आयोजना गर्दै बि एन्ड सी मेडिकल कलेजलाई यो सम्मान प्रदान गरेको हो। प्राधिकरणले विद्युत सेवा प्रयोगमा अनुशासित, महसुल भुक्तानीमा नियमित र उच्चतम विद्युत खपत गर्ने उपभोक्तालाई प्रोत्साहनस्वरूप यस्तो सम्मान गर्दै आएको छ।
कार्यक्रममा कोशी प्रादेशिक कार्यालयका प्रमुख राजीवकुमार सिंहले बिएन्डसी सहित उत्कृष्ट १० अत्यन्त महत्वपूर्ण उपभोक्तालाई सम्मान गरिएको जानकारी दिनुभयो। उहाँले विद्युत प्राधिकरणका उपभोक्ताहरूसँगको सकारात्मक सहकार्यले सेवा प्रवाह थप प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
बिएन्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार, आर्थिक वर्ष २०८१ मा अस्पतालले अत्यधिक मात्रामा विद्युत खपत गर्नुका साथै विद्युत महसुल समयमै भुक्तानी गरेको तथ्यका आधारमा सम्मान प्रदान गरिएको हो। “हामी सेवा प्रवाहका लागि सधैं जिम्मेवार छौं। समयमै महसुल भुक्तानी गर्नु हाम्रो नीति हो,” गिरीले भन्नुभयो ।
झापाको स्वास्थ्य सेवामा अग्रणी भूमिका निभाउँदै आएको बिएन्डसी अस्पताललाई यस सम्मानले संस्थागत स्तरमा अझै ऊर्जा मिलेको जनाइएको छ।
कार्यक्रममा प्राधिकरणका पदाधिकारी, विभिन्न निकायका प्रतिनिधि र सम्मानित उपभोक्ताहरुको उपस्थिति रहेको थियो।
नगरप्रमुखद्वारा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति
शुक्रबार, असार १२, २०८३
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने
शुक्रबार, असार १२, २०८३
डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
शुक्रबार, असार १२, २०८३
एकीकृत शैक्षिक क्यालेन्डर लागू गर्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्देशन
शुक्रबार, असार १२, २०८३
