नेपाल हेल्थ न्यूज,पोखरा । वरिष्ठ न्यूरो सर्जन प्रा.डा. यामबहादुर रोकाले गण्डकी मेडिकल कलेज (जीएमसी), पोखरामा सेवा दिन थाल्नुभएको छ।
२१ वर्षको अनुभवसहित आउनुभएका डा. रोकाको नेतृत्वमा अस्पतालले पछिल्लो दुई महिनामा करिब २० वटा सफल न्यूरो अपरेशन गरेको छ।
अस्पतालले १५ शैय्याको नयाँ आइसीयू स्थापना गर्नुका साथै चौबिसै घण्टा न्यूरोसर्जरी सेवा उपलब्ध गराएको छ। मस्तिष्क, नशा, ट्युमर र ट्रमा सम्बन्धी जटिल अपरेशन सफल हुँदै आएका छन्।
पूर्वी नेपालका बिरामी पनि डा.रोकाको खोजीमा पोखरा आउन थालेका छन्। सप्तरीकी विनिता मण्डल र स्याङजाका रेशमलाल पौडेलजस्ता बिरामीले जीएमसीमा गुणस्तरीय सेवा पाएको बताएका छन्।
डा. रोकाले पोखरा र आसपासका क्षेत्रका बिरामीलाई काठमाण्डौ जानुनपर्ने गरी सेवा विस्तार गर्ने लक्ष्य लिनुभएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
