नेपाल हेल्थ न्यूज,पोखरा । वरिष्ठ न्यूरो सर्जन प्रा.डा. यामबहादुर रोकाले गण्डकी मेडिकल कलेज (जीएमसी), पोखरामा सेवा दिन थाल्नुभएको छ।
२१ वर्षको अनुभवसहित आउनुभएका डा. रोकाको नेतृत्वमा अस्पतालले पछिल्लो दुई महिनामा करिब २० वटा सफल न्यूरो अपरेशन गरेको छ।
अस्पतालले १५ शैय्याको नयाँ आइसीयू स्थापना गर्नुका साथै चौबिसै घण्टा न्यूरोसर्जरी सेवा उपलब्ध गराएको छ। मस्तिष्क, नशा, ट्युमर र ट्रमा सम्बन्धी जटिल अपरेशन सफल हुँदै आएका छन्।
पूर्वी नेपालका बिरामी पनि डा.रोकाको खोजीमा पोखरा आउन थालेका छन्। सप्तरीकी विनिता मण्डल र स्याङजाका रेशमलाल पौडेलजस्ता बिरामीले जीएमसीमा गुणस्तरीय सेवा पाएको बताएका छन्।
डा. रोकाले पोखरा र आसपासका क्षेत्रका बिरामीलाई काठमाण्डौ जानुनपर्ने गरी सेवा विस्तार गर्ने लक्ष्य लिनुभएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
बिहीबार, कात्तिक १२, २०८३
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
