नेपाल हेल्थ न्यूज, चितवन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनमा रक्त क्यान्सरको ‘भेरियन्ट’ पत्ता लगाउने अत्याधुनिक ‘फ्लोसाइटोमेट्री’ परीक्षण सेवा सुरु गरिएको छ। अस्पतालले उपकरण जडान गरी चिकित्सक तथा प्राविधिकलाई तालिम दिएपछि सेवा सञ्चालनमा आएको हो।
अस्पतालको प्रयोगशाला विभाग प्रमुख डा. ग्रेता पाण्डेका अनुसार ९० जनाभन्दा बढीको परीक्षण भइसकेको छ। यस अघिसम्म भारत पठाउनुपर्ने यो परीक्षण अब चितवनमै रु १२ हजारमा उपलब्ध छ।
फ्लोसाइटोमेट्री परीक्षण अन्तर्गत ढाडको हड्डीबाट मासी निकालेर रक्त क्यान्सरको प्रकार पहिचान गरिन्छ। एक डाक्टर र एक प्राविधिकलाई भारतको टाटा मेमोरियल अस्पतालमा तालिम दिइएपछि सेवा सुरु गरिएको हो।
कार्यकारी निर्देशक डा। शिवजी पौडेलका अनुसार क्यान्सर उपचारलाई प्रभावकारी बनाउन उपकरण विस्तार र जनशक्ति तालिम कार्यक्रम तीव्र गतिमा अघि बढाइएको छ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
