नेपाल हेल्थ न्यूज, चितवन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनमा रक्त क्यान्सरको ‘भेरियन्ट’ पत्ता लगाउने अत्याधुनिक ‘फ्लोसाइटोमेट्री’ परीक्षण सेवा सुरु गरिएको छ। अस्पतालले उपकरण जडान गरी चिकित्सक तथा प्राविधिकलाई तालिम दिएपछि सेवा सञ्चालनमा आएको हो।
अस्पतालको प्रयोगशाला विभाग प्रमुख डा. ग्रेता पाण्डेका अनुसार ९० जनाभन्दा बढीको परीक्षण भइसकेको छ। यस अघिसम्म भारत पठाउनुपर्ने यो परीक्षण अब चितवनमै रु १२ हजारमा उपलब्ध छ।
फ्लोसाइटोमेट्री परीक्षण अन्तर्गत ढाडको हड्डीबाट मासी निकालेर रक्त क्यान्सरको प्रकार पहिचान गरिन्छ। एक डाक्टर र एक प्राविधिकलाई भारतको टाटा मेमोरियल अस्पतालमा तालिम दिइएपछि सेवा सुरु गरिएको हो।
कार्यकारी निर्देशक डा। शिवजी पौडेलका अनुसार क्यान्सर उपचारलाई प्रभावकारी बनाउन उपकरण विस्तार र जनशक्ति तालिम कार्यक्रम तीव्र गतिमा अघि बढाइएको छ।
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
बिहीबार, कात्तिक १२, २०८३
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
